स्वास्थ्य अधिकार सम्वन्धि अन्तरक्रिया सम्पन्न

  ०७६ फागुन १८ गते

स्वास्थ्यको अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रम फागुन १८ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तरगत इन्सेक कालिकोटको आयोजनामा स्वास्थ्य अधिकार सम्वन्धि अन्तरक्रिया सरोकारवाला निकायका बीच सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सरोज वोगटी, खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रविन्द्र सेजुवालले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि सवै सरोकारवालाले जोड दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागि सरोकारवालाले नगरपालिकामा रहेका सवै वडाको स्वास्थ्य अवस्था तथा समस्याको पहिचान गरेका थिए ।
खाँडाचक्र भित्र रहेको जिल्ला अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य इकाइमा जनशक्ति, उपकरण, खानेपानी, शौचालय, भवन र आवश्यक आषधिको समेत समस्या रहेकाले नगरपालिकाले ध्यान दिन आवश्यक रहेको बताइएको थियो ।

कार्यक्रममा नगरपालिकामा रहेका स्वास्थ्य व्यवस्थापन समितिका प्रतिनिधि, स्वास्थ्यकर्मी, अधिकारकर्मी, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
20200301 Kalikot

कालीबहादुर मल्ल