स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न

  ०७७ फागुन २१ गते

मनहरी गाउँपालिकामा ०७७ फागुन २० गते स्वास्थ अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार समूह मनहरीको संयोजनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुर तितुङले स्वास्थ्यको सवालमा वडा र समग्र गाउँपालिका सचेत रहेको बताउनुभयो ।

ततिुङले जनताको मौलिक अधिकारभित्र पनि प्राथमिकतामा रहेको स्वास्थको अधिकार प्रदान गर्न सधैं तत्पर रहको बताउनुभयो ।

उहाँले गाउँपालिकाका नागरिकलाई सहज र सुलभ स्वास्थ सेवा प्दान गर्ने उद्देश्यले गाउँपालिकाको पहलमा संघीय सरकार र प्रदेश सरकारको सहयोगमा १५ शैयाकोे अस्पताल निर्माणको चरणमा रहेको बताउनुभयो ।

यस्तै आकस्मिक स्वास्थ सेवा उपलब्ध गराउन गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको, प्राथमिक स्वास्थ केन्द्रमा चिकित्सक सहितको ओपिडि सेवा सञ्चालनमा ल्याएको र पालिकाभित्र स्वास्थ बीमा कार्यक्रमलाई अनिवार्य गराउन अभियान तथा निम्न आयस्रोत भएका व्यक्ति परिवारलाई व्यक्तिगत रुपमा र पालिकामार्फत स्वास्थ बीमा गर्ने गरेको बताउनुभयो ।

यसैगरी मनहरी गाउँपालिकाका स्वास्थ शाखा प्रमुख टीकाराम अधिकारीले पालिकाभित्र खोप सेवा, गर्भ जाँच, क्षयरोग, कुष्ठरोग, औंलो तथा परिवार नियोजनका अस्थायी साधन लगाएत ५७ थरीका सेवा तथा औषधीहरू निशुल्क प्रदान गर्दै आएको बताउनुभयो ।

अधिकारीले नागरिकको स्वास्थ्यलाई ख्याल गरी लक्षित समुदाय र भुगोलमा चिकित्सक सहित घरदैलो कार्यक्रम समेत हुने गरेको बताउनुभयो । यस्तै कोभिड–१९ को नियन्त्रणका लागि गाउँपालिकाले अबलम्बन गरेको आइसोलेसन र क्वारेन्टिनले रोग नियन्त्रणका लागि योगदान पुगेको उल्लेख गर्दै फागुन २३ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु हुने बताउनुभयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमले कोभिड–१९ को कारण सर्वसधारण स्वास्थ्य उपचारको अवसरबाट वञ्चित हुने अवस्था रहेकोले स्थानीय तहले यस तर्फ ध्यान दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी स्थानीय नबिन सुबेदीले जनतालाई स्वास्थ अधिकार प्रत्याभुत गराउन जनस्तरबाट स्थानीय सरकारलाई सचेत पार्दे आएको बताउँदै एम्बुलेन्स सेवालाई थप व्यवस्थित पार्नुपर्ने बताउनुभयो ।

रोटरी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक गोविन्द पौडेलले विद्यालयमा हुनसक्ने स्वास्थ्यको समस्यालाई ध्यान दिएर प्राथमिक स्वास्थ्य सामाग्रीहरूको व्यवस्थापन मिलाइएको बताउनुभयो ।

उहँले सरसफाई र स्वास्थ्य सुरक्षको मापदण्डको पालना समेत विद्यालयले गरिरहेको बताउनु भयो ।

मानव अधिकार समूह मनहरीका संयोजक बिमला गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका फोकल पर्सन प्रतिक्षा खड्का, गाउँपालिकाका स्वास्थ्य निरीक्षक शान्ती ठकुरी, अहेब ज्योति लुइटेल लगाएतको सहभागिता थियो ।

पुष्पराज अधिकारी