स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा भोक्राहा नरसिंह गाउँपालिकामा स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम कात्तिक २१ गते सम्पन्न भएको छ ।
इन्सेकले सञ्चालन गरीरहेको मानव अधिकार संरक्षण र सम्वर्द्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
सो अन्तरक्रियामा गाउँपालिकाले आर्थिक वर्ष ०७७।०७८ को नीति तथा कार्यक्रम र गत आर्थिक वर्षमा सम्पन्न भएका क्रियाकलापहरू बारे जानकारी गराएको थियो ।
भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताले स्वास्थ्यका लागि गाउँपालिकाले श्रोत साधनले भ्याएसम्म आम सर्वसाधारणलाई स्वास्थ्य अधिकार दिलाएको बताउनु भयो । उहाँले मानव अधिकार र स्वास्थ्य अधिकार नागरिकको मौलिक हक भएकाले त्यसको कार्यन्वयन गर्न लागि परेको बताउनुभयो ।
गाउँपालिकामा नागरिकको स्वास्थ्य अधिकारलाई सम्बोधन गर्न आठ ओटा वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको, सबै वडाका नागरिकले स्वास्थ्य सेवामा पहुँच राख्न सकेको बताउनु भयो ।
अन्तरक्रियामा नेपाली कांग्रेसका प्रतिनिधि युवराज दाहालले स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउन गाउँपालिकाले बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य संस्थाका कर्मचारीहरूले जिम्मेवारी पूर्ण रूपमा बहन गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख आमल अन्सारीले स्वास्थ्य संस्थामा माग अनुसारको औषधी नभएपनि अहिलेको अवस्थामा आठ ओटै वडामा औषधि अभाव नरहेको बताउनुभयो ।
आलमले आठ ओटै वडामा स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकी स्थापना रहेको र गाउँपालिकाले तय गरेको नीति र स्वास्थ कार्यक्रम तथा बजेट बिनियोजन सम्बन्धी जानकारी गराउनुभयो ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…
स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न
मनहरी गाउँपालिकामा ०७७ फागुन २० गते स्वास्थ अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार समूह मनहरीको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा…
भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी आयोगलाई : अध्यक्ष ज्ञवाली
भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी वर्तमान आयोगलाई प्राप्त भएको बताउनुभएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा भानु नगरपालिकाको…
मानवअधिकार समूहद्वारा नगरपालिकामा ज्ञापनपत्र
मानवअधिकार समूह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी समस्याहरू सम्बोधन गर्न माग गरेको छ । समूहले फागुन १९ गते भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई…
मानव अधिकारका सवालमा स्थानीय तहका नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढी र गौरीगंग नगर स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था…