स्वास्थ्य अधिकार शुभकालिकाको पहिलो प्राथमिकता

  ०७६ फागुन १५ गते

शुभकालिका गाउँपालिकाले नागरिकको स्वास्थ्य अधिकारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएको छ ।

इन्सेक कालिकोटको आयोजनामा शुभकालिका गाँपालिकामा फागुन १४ गते आयोजित स्वास्थ्यको अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले स्वास्थ्य क्षेत्र आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको हो ।

यस्तै गाउँपालिका अध्यक्ष चौलागाईले आफू निर्वाचित भएपछि पहिलो प्राथमिता स्वास्थ्य क्षेत्रको सुधार रहेको र सोही अनुसार काम गरिरहेको समेत बताउनु भयो ।

कार्यक्रममा शुभकालिका गाउँपालिकामा रहेका सवै वडाको स्वास्थ्य अवस्था तथा समस्याका बारेमा सहभागिहरुले जानकारी गराएका थिए । शुभकालिका गाउँपालिका–३ भर्ता थुनी स्वास्थ्य इकाइका प्रमुख कौशिला अधिकारीले आफू कार्यरत स्वास्थ्य इकाइमा खानेपानी, शौचालय, भवन र आवश्यक आषधिको समेत समस्या रहेकाले गाउँपालिकाले ध्यान दिनु पर्ने बताउनु भयो ।

सोही पालिकामा रहेका धेरै स्वास्थ्य चौकीका प्रमुखहरूले आवश्यक सामाग्री, औषधि, भवन, शौचालयको समस्या रहेको जानकारी गारउनु भएको थियो ।

कार्यक्रममा राराकाटिया स्वास्थ्य चौकी संयोजक गमला शाहीले स्वास्थ्य क्षेत्रमा लक्ष्य अनुसारको प्रगति हुन नसकेकाले सवैले स्वास्थ्य क्षेत्रको सुधारमा लाग्नु पर्ने धारणा राख्नु भएको थियो ।

Resize 2 Resize 1 Resize

कालीबहादुर मल्ल