स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।
नगरपालिका र जिल्लाका सरोकारवालाको सहभागिता रहेको सो कार्यक्रममा मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँलले मन्थली नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रण र अन्य रोगको रोकथाम तथा नियन्त्रणको लागि भएका कामको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले नगरपालिकामा कारोनाको कारण कुनै मानविय क्षति नभएको बताउनुभयो । अहिले पनि रोग नियन्त्रणका लागि आवश्यक सम्पूर्ण तयारीका साथ नगरपालिका बसेको बताउनुभयो ।
यसैगरी उहाँले नगरपालिकामा स्वास्थ्य सेवालाई प्रभाकारी बनाउ राज्यले उपलब्ध गराउने निःशुलक औषधिको अभाव हुन नदिएको बताउनुभयो ।
सदरमुकाम मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ बेडको अस्पतालको –पमा विकास गर्ने काम भइरहेको, शल्यक्रिया सहितको प्रसुति सेवा १२ महिना नै सञ्चालन गर्ने गरी नगरपालिकाले व्यवस्थापन गर्न लागेको, स्वास्थ्यर्मी थप गर्नको लागि सूचना निकालि सकिएको उहाँले जानकारी दिनुभयो ।
सहभागीले सेवालाई अझ प्रभावकारी बनाउनु पर्ने, स्वास्थ्य बीमा गरेकाले पाउने सबै सेवा र औषधि प्राथमिक स्वास्थ्य केन्द्रबाट नै उपलब्ध गराउनुपर्ने, अनुगमनको कामलाई अझ प्रभाकारी बनाउनु पर्ने लगायतका सुझाव दिएका थिए । कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डव प्रसाईँले जनता स्वास्थ्यको आधारभुत अधिकार संविधानले मौलिक हकमा सुनिश्चिता गरेकोले सो राज्यको जिम्मेवारी भएको बताउनु भयो ।
नबराज पथिक
सम्बन्धित इन्सेक गतिविधिहरू
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठि जनकपुरधाममा माघ २९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा माघ २९ गते…