स्वास्थ्य अधिकारका सवालमा सरोकारवालाहरूबीच अन्तरक्रिया सम्पन्न

  ०७७ पुस ७ गते

“स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउँने”(इएलपी) परियोजना अन्तरगते कोशी गाउँपालिकामा पुस ७ गते सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक, इन्सेकद्वारा कोशी गाउँपालिकामा गठित मानव अधिकार समूहको आयोजना र कोशी गाउँपालिका कार्यालय स्वास्थ्य शाखाको संयोजनामा स्वास्थ्य अधिकारका सवालमा सरोकारवालाहरूबीच अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता यादवले कोभिड–१९ सहित स्वास्थ्यमा असर पार्ने रोगविरूद्ध योजना, नीति तथा कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनु भयो ।

उहाँले किशोरी तथा बालिकालाई स्यानेटरी प्याडदेखी प्रसूति गराउनका लागि दुई ओटा वर्थिङसेन्टर, स्वास्थ्य चौकी तथा प्रत्येक वडामा स्वास्थ्य केन्द्रबाट निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको बताउनु भयो ।

स्वास्थ्य शाखा कोशीका प्रमुख जलिम अख्तरले प्रत्येक स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य , खोप सेवा, परामर्श सेवा र परिवार नियोजन सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको बताउनु भयो ।

पश्चिम कुशाहा स्वास्थ्य चौकीका इञ्जार्च आशाकुमारी मेहताले स्वास्थ्य चोकीमा आएका सबैलाई आफूहरुले उत्कृष्ट सेवा प्रवाह गरेको बताउनु भयो ।

उहाँले प्राथमिक उपचार सेवा, खोप सेवा र पोषण कार्यक्रम प्राथमिकताकासाथ सञ्चालन गरेको बताउनु भयो ।

मेहताले चौकीमा ट्युवेल नभएको, व्यवस्थित शौचालन नभएको र साँगुरो कोठा भएकाले बिरामीको गोपनियतालाई पूर्ण संरक्षणमा समस्या रहेको बताउनुभयो ।

लौकही स्वास्थ्य चौकीका योगेन्द्रप्रसाद साहले राम्रो सेवा प्रवाह गरेको बताउनु भयो ।

स्वास्थ्य चौकी हरीपुरका रामनाथ साहले स्वास्थ्य चौकीमा औषधिदेखि उपकरणसम्मको अभाव रहेकोले पुरै समय कार्यालयमा नबस्ने गरेको बताउनु भयो ।

सामुदायिक स्वास्थ्य इकाई कोशी गाउँपालिका– ५ का इञ्चार्ज राजकुमार साहले साँगुरो कोठा भएर पनि नागरिकलाई राम्रो सेवा प्रवाहमा समस्या हुने गरेको बताउनु भयो ।

सामुदायिक स्वास्थ्य इकाई कोशी गाउँपालिका–६ का इञ्चार्ज पप्पुकुमार यादवले नयाँ भवन भएपनि खुल्ला ठाउँ भएकाले औषत्रि देखि ट्युवेलसमेत चोरी हुने समस्या रहेको बताउनु भयो ।

Photo 20201222 Koshi (1) Photo 20201222 Koshi (2) Photo 20201222 Koshi (3)

जयकृष्ण यादव