स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २१ गते चन्द्रनिगाहपुर अस्पतालको सभाहलमा स्वास्थ्य अधिकार विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा अस्पतालको अनुगमन, सेवा सुविधाको प्रयोग र सेवाग्राहीले पाइरहेका सेवाहरुको निरीक्षण गरी कार्यक्रमलाई औपचारिक सत्रमा परिणत गरी सभाहलमा अन्तरक्रिया गरिएको थियो ।
चन्द्रनिगाहपुर अस्पतालले दिँदै आएको सेवाबाट सेवाग्राहीहरू सन्तुष्ट रहेको सेवाग्राही महेन्द्र ठाकुरले बताउनु भयो । अस्पतालबाट प्रवाह भएको सेवाबाट आफूले समयमा नै स्वास्थ्य उपचार पाएको उहाँले बताउनु भयो ।
सेवाग्राही रञ्जु मुखियाका अनुसार अन्य सेवा सुविधा राम्रो रहेको भएपनि अस्पतालमा भिडियो एक्सरे नभएको र एक्सरे जीर्ण अवस्थामा रहेकोले सो सेवाबाट वञ्चित रहेनु परेको छ ।
अस्पतालका नर्स कुन्ता दाहालले जिल्लाका विभिन्न भागबाट आउने गर्भवतीहरूको गर्भ जाँच र सुरक्षित सुत्केरी गराउने गरेको बताउनु भयो ।
डा. देवशङ्कर पासवानले बिमा गरिएका व्यक्तिहरूलाई स्थानीय तहमार्फत समयमा सर्वसुलभ उपचार तथा सेवासुविधा दिइरहेको बताउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…