स्थानीय स्तरमा मानव अधिकार रक्षक सञ्जाल निर्माण गर्न इन्सेकलाई सुझाव
डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले मङ्सिर १४ गते महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था र आगामी कार्ययोजना निर्माणका लागि भएको छलफल कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरूले स्थानीय स्तरमा मानव अधिकार रक्षक सञ्जाल निर्माण गर्न सुझाव दिएका छन ।
मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका सदस्य उद्धबराज भट्टले जिल्लामा लैङ्गिक हिंसा प्रभावितहरूका लागि सुरक्षित आवास गृह नभएका कारण महिला अधिकारका क्षेत्रमा काम गर्ने रक्षकहरूलाई समस्या भएको बताउनुभयो ।
सञ्जालका सदस्य प्रभुनिधि पन्तले मानव अधिकार रक्षकहरूको स्थानीय स्तरसम्म सञ्जाल निर्माण गरिनुपर्ने बताउनुभयो ।
पन्तले स्थानीय स्तरमा रहेका मानव अधिकार रक्षकहरू बढी जोखिममा हुने भएकोले स्थानीय स्तरसम्म सञ्जाल निर्माण गर्नुपर्ने बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख खडकराज जोशीले आगामी वर्षमा मानव अधिकार रक्षकहरूको सुरक्षा र क्षमता अभिबृद्धि गर्ने आगामी परियोजनाका लागि आवश्यक छलफल गरेको बताउनुभयो ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…