इन्सेक गतिविधि

०७५ मङ्सिर १४ गते

स्थानीय सरकासँग सहकार्य र निगरानीका लागि आग्रह

विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न र जनअपेक्षाका साथै कानुनी भावना अनुसार काम भए नभएको निगरानी गर्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबिच सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन् ।

photo20181130lalitpur (1)

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले संविधानले दिएको अधिकार स्थानीय तहले कार्यान्वयन गर्ने क्रममा पहिले कानुन नबनेका कारण केही बाधा परेको बताइन् ।

उनले स्थानीय सरकार र नागरिक समाज एउटा रथका दुई ओटा पाङ्ग्रा भएकाले आपसी सहकार्यको खाँचो औँल्याइन् ।

महालक्ष्मी नगरपालिकाका कार्यवहाक प्रमुख एवम् न्यायीक समिति संयोजक निर्मला थापाले जनसहभागितामा योजना छनौट र कार्यान्वयन भइरहेको उल्लेख गर्दै भौतिक विकासलाई मात्र नभइ मानवीय शक्तिको विकासका सवाललाई पनि बुझिदिन नागरिक समाजसँग आग्रह गरिन् ।

कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले जनचाहना अनुसारको सेवादिने पद्धतिको विकास भइरहेको बताइन् ।

कार्यालय समयमा नियमित काम भए नभएको अवलोकन गरी नागरिक समाजले जनता र स्थानीय सरकार बिचमा पुलको भूमिका खेल्नु पर्ने बताइन् ।

photo20181130lalitpur (2)

गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले सिंहदरबारको अधिकार स्थानीय तहमा पुगेको जनतालाई अनुभूति दिलाउनु पर्ने खाँचो औँल्याउदै सेवाप्रवाहका विषयमा नागरिकलाई पारदर्शीरूपमा सूचना प्रवाह गरी जबाफदेही बन्न जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराए ।
ललितपुर बारएशोसिएसनका अध्यक्ष दीपक विष्टले स्थानीय तहले बनाएका कानुन व्यवहारमा उतार्दा जनअधिकारको रक्षा हुनु पर्ने बताए ।

ललितपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्थानीय सरकारसँग विकासका सवालमा निजी क्षेत्रले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले इन्सेकले मानव अधिकार र नागरिक कर्तव्यका विषयमा सचेतना जगाउँदै आएको बताए ।

सामुदायिक सूचना नेटवर्क (सिआइएन)का प्रमुख दीपक आचार्यले अरू जिल्लाको तुलनामा ललितपुरमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य थोरै मात्र हुने गरेकोमा ध्यानाकर्षण गराए ।

मानव अधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले स्थानीय सरकारको कार्य सञ्चालनलाई नागरिक समाज र सञ्चारकर्मीहरूले निरन्तर अवलोकन, अध्ययन र विश्लेषण गरिरहेको उल्लेख गर्दै विकासका सावालमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यको खाँचो औँल्याए ।

दीपकप्रसाद घिमिरे

इन्सेक गतिविधिहरू

पीडितलाई न्याय र पीडकलाई सजाय दिनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा सन २०१८ मा सङ्कलित ....

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीको आयोजनामा सन....

स्थानीय सरकासँग सहकार्य र निगरानीका लागि आग्रह

विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न र जनअपेक्षाका साथै कानुनी भावना अनु....

मानव अधिकारमूखि विकास अवधारणा तथा स्थानीय सुशासन विषयक कार्यशाला सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आ....

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा मङ्सिर १० गते जनकपुरम....






Top