स्थानीय तहले सेवाग्राहीका सवाल सम्बोधन गर्ने

  ०७६ वैशाख २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा वैशाख २६ गते भिमेश्वर नगरपालिका–८ मा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा मानव अधिकार निगरानी समूह, बाल अधिकार चेतना समूह, शिक्षक, विद्यालय व्यवस्थापन समिति, महिला स्वयम् सविका, वडाका स्थानीय पदाधिकारी, सदस्यहरू र स्वास्थ्य एकाइका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सेवाग्राहीहरूले विद्यालयमा खानेपानी व्यवस्था नभएको, खेलमैदान, तथा भवनको अभाव रहेको बालमैत्री फर्निचरको नहुनु, समयमा पाठ्यपुस्तक उपलव्ध नभएको सवालहरू उठाएका थिए ।

स्वास्थ्य संस्थामा कर्मचारी नियमित नहुनु, जनताको पहुँचभन्दा टाढा स्वास्थ्य संस्थाहरू हुनु, आकस्मिक उपचारकोे लागि स्टेचर र एम्बुलेन्सको अवश्यकता भएको जस्ता विषयहरू उठान गरेका थिए ।

खाद्यमा सम्बन्धित जिविकोपार्जनमुखी खेति प्रणाली रहेको, सिंचाई, मल, बिऊ, उपलब्ध नहुनु, कृषिजन्य उत्पादनको बजारको व्यवस्था नहुनु कृषि सङ्कलन केन्द्र नहुनु, बजार अनुगमन नहुँदा जथाभावी मुल्य तोकिनु, म्याद गुजे्रको समान बजारमा रहनु लगायतका सवाल स्थानीय नागरिकहरूले कार्यक्रमम उठान गरेको थिए ।

कार्यक्रममा भिमेश्वर नगरपालिका–८ का अध्यक्ष नकुल केसीले स्थानीय तहसँग भएको बजेटले भ्याएसम्म नागरिकहरूको माग सम्बोधन गरिने बताए ।

केसीले आधारभुत अवश्यकता शिक्षा, स्वास्थ्य र खाद्यका सवालमा उठेको समस्यालाई प्राथमिकताको साथ सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गरे ।

photo20190511dolakha
उद्धव पोखरेल