स्थानीय तहमा मानव अधिकार र शुसाशनका अभ्यास विषयमा नागरिक सम्वाद कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहमा मानव अधिकार र शुसाशनका अभ्यास विषयमा नागरिक सम्वाद कार्यक्रम जेठ २२ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूर पश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय तहमा भइरहेका गतिविधिमा नागरिकको भूमिका र स्थानीय तहको भूमिकामा मानव अधिकार र शुसाशन कायम तथा प्रत्यभूति गर्न मुल्याङ्कन, सहभागिता, परदर्शिता र जबाफदेहिता हुनुपर्ने बताए ।
सुदूर सन्देश दैनिकका प्रधान सम्पादक हेमन्त पौडेलले अझै पनि स्थानीय तहले समाजमा ब्याप्त कुरीति हटाउने नीति ल्याउन नसकेको बताए ।
अझै पनि छाउपडी, जातीय छुवाछुत, लैङ्गिक विभेद, सुकुम्बासी, भुमिहीन, गरिबी, बेरोजगारी जस्ता समस्या रहेको बताए ।
सञ्चार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक मनमोहन स्वारले असारे बजेट सिद्याउने होडबाजीले जनताको मन छुने र जनताले चाहेको काम स्थानीय तहले गर्न नसकेको बताए ।
गौरीगङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत भक्तराज जोशीले आफूहरूले प्रत्येक गाउँ टोलमा गई योजना छनौट र जनसङ्ख्या तथ्याङ्क सङ्कलन गरी अनलाइन डाटा सञ्चालनमा ल्याएको बताए ।
उनले अपाङ्गता, ज्येष्ठ नागरिक, महिला, युवा बालबलिका गर्भवति, जन्मेका शिशु र मृत्यु हुनेको तथ्याङ्क अनलाइन डाटा सञ्चालनमा ल्याएको बताए ।
गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले मानव अधिकार र शुसाशनलाई पारदर्शिता, जबाफदेहीता र सहभागितामुलक बनाउन जनप्रतिनिधि र नागरिकबिच सामूहिक अनुगमन, मुल्याङ्कन र सहकार्यको खाँचो रहेको बताए ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…