सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता

  ०७६ वैशाख २७ गते

गाउँपालिकामा प्रदान गरिएको सेवा प्रवाहमा सुधार गर्ने र आगामी दिनमा मानवअधिकार मैत्री गाउँपालिका बनाउन गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमल्सिनाले प्रतिबद्धता व्यक्त गरिन् ।

धादिङको गल्छी गाउँपालिका–८ गल्छीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा वैशाख २६ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा प्रदायक बिचको अन्तरक्रिया उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

कार्यक्रममा सहभागिहरूले राखेका जिज्ञासाहरूको जबाफ दिँदै उनले आगामी १५ दिनभित्र विद्यालय समायोजन, दरबन्दी मिलान र विद्यालय मर्ज गर्न आफूले गाउँपालिका स्तरमा शिक्षा समितिलाई निर्देशन गरिएको बताइन् ।

विद्यालयमा किशोरकिशोरी शिक्षा प्रदान गर्ने, मिन्सुरेशन प्याडहरू वितरण गर्ने, बालविवाहसम्बन्धी सचेतना जगाइ यसको बेफाइदाबारे जानकारी दिने, कृषि उत्पादनमा जोड दिने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ ।

यसैगरि गल्छी गाउँपलिकाका बाल अधिकार चेतना समूहलाई इन्सेकको तर्फबाट उपलब्ध गराइएको रकमबाट खरिद गरिएको खेलकुदको सामाग्री वितरण गरिएको छ ।

भलिबल, फुटबल, चेस, ब्याडमिन्टन, स्पीकिङलगायतका सामग्री गल्छी गाउँपलिकाकी उपाध्यक्ष राधा तिमल्सिनाले वितरण गरेकी हुन् ।

photo20190511dhading (1)  photo20190511dhading (3) photo20190511dhading (4) photo20190511dhading (5) photo20190511dhading (6) photo20190511dhading (7) photo20190511dhading (8)
सीताराम अधिकारी