सेवा प्रदायक र सेवाग्राहीबीच स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७६ जेठ ७ गते

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार लगायतका आधारभुत आवश्यतकतालाई परिपुर्ति गर्नका लागि आगमी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने वडा अध्यक्षले प्रतिबद्धता जनाए ।

भीमेश्वर नगरपालिकाका–९ लाँकुरीडाँडामा जेठ ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको सेवाप्रदायक र सेवाग्राहीबीच स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष चित्रबहादुर भुजेलले सवाल समाधानका लागि योजना प्राथमिकीकरण गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा मानव अधिकार निगरानी समूहका प्रतिनिधि, बाल अधिकार चेतना समूहका प्रतिनिधि, स्वास्थ्य केन्द्रका प्रतिनिधि, शिक्षकलगायत अन्य नागरिक समाजका प्रतिनिधिहरूले वडा अध्यक्षलगायतस्थानीय तहका अन्य प्रतिनिधिहरूले विभिन्न सवालहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरू नियमित रूपमा उपस्थित नहुने गरेको, निःशुल्क वितरण हुने औषधिको अभाव रहेको, कर्मचारीहरू काज मिलाएर अन्यत्र जाने गरेकोले सेवा प्रवाहमा समस्या भएको जस्ता समस्याबारे छलफल गरिएको थियो ।

त्यसैगरी विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएको, बालमैत्री शिक्षक शिकाई क्रियाकलाप हुन नसकेको, वालमैत्री भौतिक पुर्वाधारको अभाव, खेलमैदान तथा घेराबारको व्यवस्था हुन नसकेको, समयमा पाठ्यपुस्तक उपलब्ध नहुने, विउविजन समयमै प्राप्त हुन नसक्ने, कृषि प्राविधिक घरदैलोमा नआउने, अनियन्त्रित बजाउभाउ, बजार अनुगमनको अभावले गर्दा स्थानी उपभोक्ताहरूले म्याद गुज्रेका खाद्य सामग्री उपभोग गर्न बाध्य रहेको लगायतका सवाल राखेका थिए ।

कार्यक्रममा सहभागीहरूको सवाल सुनेपछि वडा अध्यक्ष भुजेलले सबै सवालहरूलाई सम्बोधनको लागि वडाले योजना निर्माण गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

photo20190521dolakha
उद्धव पोखरेल