सेवाप्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सुनसरी जिल्लाका सेवा प्रदाय निकायका प्रमुख तथा प्रतिनिधि र सेवाग्राहीबिच चैत २९ गते इनरुवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लाका सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा इन्सेकका पूर्वाञ्चल क्षेत्रीय संयोजक सोमराज थापाले राज्यको पुनःसंरचनासँगै नागरिक पनि रूपान्तरित हुनु पर्ने बताए ।
उनले राजनीतिक परिस्थिति अनुसार नागरिकले पनि आफ्ना अधिकारसँगै कर्तव्यलाई पनि विर्सन नहुने बताए । नागरिकका अधिकार स्थापित गर्नका लागि नागरिक आफैँ सचेत हुनुपर्ने उनको भनाइ थियो । जिम्मेवार निकायलाई बदलिँदो परिस्थिति अनुसार अझ जिम्मेवार बनाउन कार्यक्रम उपयोगी भएको संयोजक थापाको भनाइ छ ।
कार्यक्रमा सुनसरीको एउटा गाउँपालिका र अर्को नगरपालिकाको दुई वटा वडाका मानव अधिकार निगरानी समूहका पदाधिकारीले गाउँमा भोगिरहेका शिक्षा, स्वास्थ्य र खाद्यका समस्याहरू जिल्लास्थित सेवा प्रदायक निकायका प्रमुख तथा प्रतिनिधि समक्ष राखेका थिए ।
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवनाथ महतो, जिल्ला कृषि विकास कार्यालयका हेमराज कोइराला, जिल्ला स्वास्थ्य कार्यालयका उमेश गौतम लगायतले नागरिकका सवालको जबाफ दिएका थिए । उनीहरूले स्रोत साधनको अभावमा नागरिकले चाहेजस्तो सेवा दिन नसकिएको बताए । सिमित स्रोत र साधन अनुसार आफू र आफू मातहतका कार्यालयले सेवा दिइरहेको उनीहरूको भनाइ थियो ।
शेखर ढकाल
संबंधित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसाविरूद्ध फेदिखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न
फेदिखोला गाँउपालिकामा “समानताको पुस्ता, बलात्कारविरूद्धको ऐक्यबद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते कार्यक्रम सम्पन्न भएको गरिएको छ । फेदिखोला गाउँपालिका, हरियो वन र इन्सेकको…
अपाङ्गता, यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख जातिको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले अपाङ्गता, यौनिक अल्पसङ्ख्यक, लोपोन्मुख र अन्य जातजातिको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर २१ गते वीरेन्द्रनगरमा आयोजना गरेको…
मानवीय विकासको आवश्यकता छः सांसद कोइराला
गण्डकी प्रदेश सभा सांसद प्रभा कोइरालाले भौतिक विकाससँगै मानवीय विकास अबको आवश्यकता भएको बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यलयको आयोजनामा पोखरामा गरिएको परियोजना परिचयात्मक कार्यक्रम तथा मानव…
अधिकार कार्यान्वयन गर्न सहज नभएको जनप्रतिनिधिको गुनासो
मानव अधिकार कार्यान्वयन गर्न स्थानीय सरकारलाई राज्यले बन्धनमा पारेको एक कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले बताउनुुभएको छ । इन्सेक सल्यानले मङ्सिर १९ गते बनगाड कुपिण्डे नगरपालिकामा आयोजना गरेको मानव अधिकारको अवस्था र…
विद्यालयहरू अपाङ्गमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो
राप्तिसोनारी गाउँपालिकामा रहेका विद्यालयहरू अपाङ्गमैत्री नभएको एक कार्यक्रमका सहभागी अपाङ्गता भएका व्यक्तिहरूको गुनासो रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १९ गते आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र…