सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा वीरेन्द्रनगर नपाको न्यायिक समितिका सदस्य र मेलमिलापकर्ताहरू बीच अनुभव तथा सिकाई आदान प्रदान कार्यक्रम पुस १ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
मानव अधिकार सुदृढीकरण परियोजना अन्तर्गत वीरेन्द्रनगर नपाका न्यायिक समिति र मेलमिलापकर्ताहरूको क्षमता अभिबृद्धि गर्न इन्सेकले विभिन्न समयमा दिएको तालिमको उपलब्धी र उनीहरूको सिकाई तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले गरिएको कार्यक्रममा न्यायिक समिति, मेलमिलापकर्ता र हिंसा निगरानी समूहले आ–आफ्ना सिकाई तथा अनुभव सुनाएका थिए ।
कार्यक्रमको समापन गर्दै वीरेन्द्रनगर नपाका उपप्रमुख एवम न्यायिक समितिका संयोजक मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको न्यायिक समिति र मेलमिलापकर्ताहरूको क्षमता अभिबृद्धिगर्न इन्सेकले खेलेको भुमिकाको स्रहाना गर्नु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका प्रलेख अधिकृत टिका विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नपाका न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता, हिंसा निगरानी समूहका सदस्य र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण इन्सेक कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत सोम चौधरीले गर्नु भएको थियो ।
यस्तै इन्सेक सुर्खेतद्वारा गठित हिंसा निगरानी समूहको बैठक पुस १ गते वीरेन्द्रनगरमा सम्पन्न भयो ।
समूहका अध्यक्ष गीता कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकले हिंसा निगरानी समूहले वीरेन्द्रनगरका वास्तविक हिंसा पीडितहरूलाई न्याय दिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेको र यसको दिगोपनाको लागि इन्सेकले थप योजना ल्याउनु पर्ने कुरामा जोड दिइएको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…
स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न
मनहरी गाउँपालिकामा ०७७ फागुन २० गते स्वास्थ अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार समूह मनहरीको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा…
भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी आयोगलाई : अध्यक्ष ज्ञवाली
भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी वर्तमान आयोगलाई प्राप्त भएको बताउनुभएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा भानु नगरपालिकाको…
मानवअधिकार समूहद्वारा नगरपालिकामा ज्ञापनपत्र
मानवअधिकार समूह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी समस्याहरू सम्बोधन गर्न माग गरेको छ । समूहले फागुन १९ गते भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई…
मानव अधिकारका सवालमा स्थानीय तहका नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढी र गौरीगंग नगर स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था…