सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  ०७६ जेठ २७ गते

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-७ बढाथुममा भूकम्प पछिको पुनः निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गङ्गाजमुना गाउँपालिकाको आयोजनामा भएको सुशासन, पारदर्शिता र जबाफदेहिताका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २६ गते गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले सबै भूकम्प प्रभावितहरूको गुनासो सम्बोधन भई नसकेको र सम्बोधन छुटेको अवस्थामा उनीहरूको समस्या समाधान गरिने बताइन् ।

उनले विकासका लागि पुनःनिर्माणले टेवा पुर्‍याउने भन्दै बाँकी पुनःनिर्माणको काम अर्को महिनासम्म सकिने बताइन् ।

गङ्गाजमुना गाउँपलिका-७ का वडा अध्यक्ष बाबुराम न्यौपानेले घर बनाउन केही व्यक्तिमात्र बाँकी भएकोले छिटै बनाउन समेत आग्रह गरे ।

केही भूकम्प पीडितको मात्र गुनासो सुनुवाइ बाँकी रहेकोले पुनःसर्वेक्षण काम भएको सन्दर्भमा अब सबै नागरिक लाभग्राही सूचीमा पर्ने वडा अध्यक्ष न्यौपानेले बताए ।

कार्यक्रममा पहिलो किस्ता लिएर घर बनाउन बाँकी रहेका आंशिक क्षति भनेर पनि लाभग्राही भनी पुनःनिर्माण प्रधिकरणले अनुदान सहयोग उपलब्ध नगाराएकाहरूको बारेमा सहभागिहरूले जिज्ञासा राखेका थिए भने घर निर्माणका बाँकी सबै काम छिटो सम्पन्न गर्न लाभग्राहीहरूलाई आग्रह गरिएको थियो ।

1

1

1

1

1

1

1

1

सीताराम अधिकारी