सार्वजनिक सुनवाई सम्पन्न
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयमा माघ २६ गते खाँडाचक्र नगरपालिकामा सार्वजनिक सुनवाई सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत जिल्ला सदरमुकाम समेत रहेको खाँडाचक्र नपाको मान्ममा सर्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिकाको पञ्चदेव मावि, कालिका मावि, पिलि लगाएतका विद्यालयमा चरम खानेपानीको समस्या रहेकोले समाधानका लागि आफूले पहल गर्ने खानेपानी सिंचाइ विकास कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्यायले प्रतिबद्धता जनाउनु भयो ।
खाँडाचक्र नगरपालिका –७ का अध्यक्ष तथा खाँडाचक्र नपाको शिक्षा तथा समाजिक समितिका संयोजक रजबहादुर मल्लले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई नीति निमार्णका माध्यमबाट समाधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कोभिड खोपका विषयमा उठेका जिज्ञासाको जवाफ दिदै नपा स्वास्थ्य शाखाका प्रमुख रविद्र सेजुवालले खोपको सामान्य असर परेपनि हालसम्म कसैलाई जटिल समस्या नआएकाले त्रसित हुन नपर्ने जानकारी गराउनु भयो ।
नेपाल खाद्य संस्थानका प्रमुख सागर वलीले जिल्लावाट गुणस्तरहिन खाद्यान्न वितरण नभएको जानकारी गराउनु भयो ।
कार्यक्रममा सहभागि स्थानीयहरूले विद्यालयमा खानेपानीको समस्या, बालपोषण रकम समयमा वितरण नहुने, जनता आवास कार्यक्रमा भइरहेको ढिलासुस्ती, खरमुक्त छाना बनाउने सरकारको घोषणा र कार्यान्वयनका सवालहरू उठान गरेका थिए ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…
स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न
मनहरी गाउँपालिकामा ०७७ फागुन २० गते स्वास्थ अधिकारसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक बागमती प्रदेश कार्यालयको आयोजना तथा मानव अधिकार समूह मनहरीको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा…
भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी आयोगलाई : अध्यक्ष ज्ञवाली
भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी वर्तमान आयोगलाई प्राप्त भएको बताउनुभएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा भानु नगरपालिकाको…
मानवअधिकार समूहद्वारा नगरपालिकामा ज्ञापनपत्र
मानवअधिकार समूह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी समस्याहरू सम्बोधन गर्न माग गरेको छ । समूहले फागुन १९ गते भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई…
मानव अधिकारका सवालमा स्थानीय तहका नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढी र गौरीगंग नगर स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था…