समुदायले छनौट गरेका योजनालाई प्राथमिकता दिन्छौ : नगर प्रमुख सुवेदी
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले समुदाय स्तरबाट छनौट भएका नगरका सबै योजनालाई प्राथमिकतामा राखी योजना निमार्ण गरिने प्रतिबद्धता जनाउनु भएको छ ।
इन्सेकद्धारा संचालित पारस्परिक जवाफदेहिता ः मानव अधिकार सुदृढीकरण कार्यक्रम अन्र्तगत फागुन २२ गते वीरेन्द्रनगरमा आयोजित योजना निमार्ण प्रक्रियामा समुदायको सहभागिता क्षमता अभिबृद्धि तालिममा नगर प्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
नगर प्रमुख सुवेदीले याजना छनौट प्रक्रियाका आधारहरू आर्थिक, सामाजिक, वातावरण, सुशासन र पूर्वाधार निर्माणमा सबै वर्ग, समुदाय, लिङ्ग, धर्म, क्षेत्र, जातजाति र सिमान्तकृत समुदायको सहभागितामा योजना छनौट गरिए मात्र वीरेन्द्रनगरको समग्र विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो । सबै समुदायको भावनालाई समेटेर विकास निमार्णमा सहयोग गर्न यस्ता कार्यक्रम सहयोगी बन्ने नगर प्रमुखले बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले सबै क्षेत्र, वर्ग र सिमान्तकृत समुदायको सहभागितामा छनौट गरिएका योजनाले मात्र नगरपालिकाको समग्र विकासमा योगदान पु¥याउने उल्लेख गर्नुभयो । तालिममा सहभागी खडकबहादुर तारामीमगर र पार्वती सुनारले योजना छनौट निमार्णको प्रक्रियाका विषयमा पहिलो पटक जान्ने बुझने अवसर पाएको बताउनु भयो ।
कार्यक्रममा मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक कमल लम्सालले योजना निमार्ण प्रक्रियामा महिला, बालबालिका, दलित, यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदायको सहभागिता तथा वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र समुदायको सहभागिताका विषयमा सहजीकरण गर्नु भएको थियो ।
इन्सेकका प्रदेश संयोजक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नपाका १, २, ३, ४ र ५ नम्बर वडाका वडाअध्यक्ष र सीमान्तकृत समुदायको सहभागिता रहेको थियो ।
समूह छलफलका क्रममा सहभागिहरूले पहिचान गरेका सवालमा आगामी योजना छनौटमा प्राथमिकतामा राखिने वडाअध्यक्षहरूले प्रतिवद्धता जनाउनु भयो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकहरूको अवस्थाका विषयमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ८ गते परासीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला…
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया गुल्मीमा वैशाख ८ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि टोपलाल अर्यालले गृह मन्त्रालयले हालै जारी गरेको ‘मानव…
मानव अधिकार संयन्त्रसम्बन्धी तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षक र नागरिक समाजका प्रतिनिधिहरुलाई मानव अधिकार संयन्त्रसम्बन्धी पाँच दिने तालिम वैशाख ७…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम वैशाख ७ गते…
मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणमा राज्यको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ६ गते तानसेनमा सम्पन्न गरिएको छ । कार्यक्रमका वक्ताहरूले नागरिक…