समुदायको सहभागितामा यौजना छनौट गर्छौ ː नगर प्रमुख सुवेदी
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरका आगामी सबै योजनाहरू समुदायको सहभागितामा मात्र छनौट गरिने प्रतिबद्धता जनाउनु भएको छ ।
पारस्परिक जवाफदेहिता ː मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत इन्सेकले फागुन १५ गते वीरेन्द्रनगरमा आयोजना गरेको योजना निमार्ण प्रक्रियामा समुदायको सहभागिता क्षमता अभिबृद्धि तालिममा प्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
प्रमुख सुवेदीले सबै वर्ग, समुदाय, लिङ्ग, धर्म, क्षेत्र, जातजाति र सिमान्तकृत समुदायको सहभागितामा योजना छनौट गरिए मात्र वीरेन्द्रनगरको समग्र विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो । राजनीतिक भागबण्डा र पहुँचको आधारमा नभइ समुदायको आवश्यकताको आधारमा योजना छनौट गरिने चर्चा गर्दै प्रमुख सुवेदीले सबैको सहभागितामा विकास निमार्णका योजना छनौट गरिए मात्र नगरको मुहार फेर्न सकिने बताउनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले सबै क्षेत्र, वर्ग र सिमान्तकृत समुदायको सहभागिता बिना गरिएको योजनाले विकासमा बाधा पुग्ने बताउनु भयो । संयोजक सुवेदीले वीरेन्द्रनगरको आगामी विकास निमार्णका योजना छनौट प्रक्रियामा सबै समुदायको सहभागितामा जोड दिन सो तालिमको आयोजना गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक कमल लम्सालले योजना निमार्ण प्रक्रियामा महिला, बालबालिका, दलित, यौनिक अल्पसंख्यक र सिमान्तकृत समुदायको सवाल र सहभागिता तथा वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले स्थानीय तहको योजना तर्जुमा प्रक्रिया र समुदायको सहभागिताका विषयमा सहजीकरण गर्नु भएको थियो । संयोजक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नपाका १६ वडाका अगुवाहरुको सहभागिता रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…