समाजको अगुवा बनाउन मानव अधिकार समूह परिचालन : संयोजक सुवेदी

  ०७६ चैत ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार समूहले गर्ने रचनात्मक कामका माध्यमबाट समुदायमा अगुवा बनाउन इन्सेकले समूह परिचालन गरेको बताउनु भएको छ ।

इन्सेकको इएलपी परियोजनाको प्रभावकारिता अनुगमन गर्न दैलेखको डुङ्गेश्वर गाउँपालिका स्तरीय मानव अधिकार समूहसँगको चैत २ गते भएको भेटघाट कार्यक्रम उहाँले समुदायमा मानव अधिकार प्रवद्र्धनको काम गरेका व्यक्तिहरू प्रदेश र स्थानीय सरकारको नेतृत्वमा पुगेको उहाहरण सुनाउनुभयो ।

कार्यक्रममा इएलपी कार्यक्रमका कर्णाली प्रदेश कार्यक्रम संयोजक दिलबहादुर चौधरीले समुदायको स्थानीय आवश्यकताका आधारमा योजना बनाउने र त्यस अनुसार वकालत पैरवी गर्न सके समुदायमा सचेतना बढाउन सहयोग पुग्ने सुझाव दिनुभयो ।

कार्यक्रममा डुङ्गेश्वर गाउँपालिका–१ का वडा सदस्य कमला केसी, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र प्रहरी चौकी चुप्राका इन्चार्ज जीतबहादुर खड्काले मानव अधिकार प्रवद्र्धनमा समुदाय, स्थानीय सरकार र प्रहरी–प्रशासनको दायित्व विषयमा प्रकाश पार्नुभएको थियो ।

त्यसबखत नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक रेखा थापा, डुङ्गेश्वर गाउँपालिका स्तरीय मानव अधिकार समूहका संयोजक मीना बिक र इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता सीता बुढाले मानव अधिकार समूहले स्थानीय सरकारसँगको समन्वयमा गरिरहेका काम र त्यसको प्रभावकारिता बारे प्रकाश पार्नुभएको थियो ।

इएलपी कार्यक्रमले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा सरोकारवाला निकाय दैलेखका नारायण नगरपालिका र डुङ्गेश्वर गाउँपालिकालाई कार्यक्षेत्र बनाई समुदाय परिचालनका कामगर्दै आएको छ । त्यस अन्तरगत दुई ओटा मानव अधिकार समूहका अलवा दुई ओटा विद्यालयमा बाल अधिकार चेतना समूहबाट पनि मानव अधिकार प्रवद्र्धनका काम गरिरहेको छ ।

Photo20200316Dailekh1 Photo20200316Dailekh

अमर सुनार