समस्या पहिचान तथा कार्य योजना निर्माण सम्पन्न

  ०७७ भदौ २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत बुद्धभूमि नपामा भदौ २० गते  समस्या पहिचान र कार्ययोजना निर्माण सम्पन्न भएको छ ।
मानवअधिकार समुहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य  र आवाशको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजना समेत निर्माण गरेको छ ।
बैठकले कोभिड १९ का कारण शिक्षा स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा पारेको असर हरुको विश्लेषण गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड १९ ले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा अन्तरक्रिर्या गर्ने, बुद्धभुमि–४ कुमाल टोलमा पछाडी परेको सिमान्तकृत समुदायमा मानवअधिकार शिक्षा तथा सचेतना मुलक कार्य गर्नुको साथै अन्य पक्षको समेत स्थलगत अनुगमन गर्ने , कोभिडका कारण दिर्घरोगी तथा अन्य रोगीहरुको उपचारमा समस्या देखिएकोले उनीहरूको उपचारका लागि पहल गर्ने तथा बुद्धभुमिमा १५ शैयाको अस्पताल निमार्णका लागि पहल गर्ने ।
यसैगरी खाद्य वस्तुमा हुने मिसावट, गुणस्तरीयताका विषयमा अनुगमन गर्न नगरपालिकालाई आग्रह गर्दै कृषकहरूलाई रासायनिक मल बिउ समयमा उपलब्ध गराउन, माटो परीक्षणका लागि पहल गर्ने , कुमाल टोललाई आवासको अधिकार अन्तरर्गत नगरपालिकाले खरका छाना हटाउने योजनालाई सहयोग गर्दै कार्यान्वयनका लागि आग्रह गर्ने , कोभिडका कारण जागिर गुमाएका श्रम गरेर खाने मजदुर ज्यालादारीमा काम गर्ने विपन्न नागरिकलाई दोश्रो चरण को राहत विरणका लागि नगरपालिको ध्यानकर्षण  गराउने, सुचनाको हक अन्तरर्गत सुचना माग गर्ने लगायतका कार्य योजना निमार्ण गरिएको मानवअधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनालले बताउनु भयो ।

पार्वती आचार्य