समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

  ०७७ भदौ ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत बाणगङ्गा नपामा भदौ २७ गते  समस्या पहिचान र कार्ययोजना निर्माण सम्पन्न भएको छ ।

मानवअधिकार समुहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य  र आवाशको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजना समेत निर्माण गरेको छ ।

बैठकले कोभिड १९ का कारण शिक्षा स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा पारेको असर हरुको विश्लेषण गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड १९ ले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा अन्तरक्रिर्या गर्ने, कोभिडका कारण दिर्घरोगी तथा अन्य रोगीहरुको उपचारमा समस्या देखिएकोले उनीहरूको उपचारका लागि पहल गर्ने लगायतका कार्ययोजनाहरू बनाइएका छन् ।

यसैगरी,मानव अधिकार समुहको पुर्नगठन गरिएको छ । समुहको  अध्यक्षमा इन्दिरा भट्टराई चयन हुनु भएको छ । उपाध्यक्षमा इन्दिरा पन्त सचिवमा मधु पाण्डेय ,सहसचिवमा कस्तुरा भुसाल, कोषाध्यक्षमा थानेश्वर अधिकारी सदस्यमा रुपा गुरुङ , देवकला सुबेदी कुमाल, रुपा पालुङगे मगर ,कोपिला थारु ,रामु पौडेल, यमुना पन्थी रहनु भएको छ ।

बैठकमा निवर्तमान अध्यक्ष रोमकान्त घिमिरेले मानवअधिकार समुहले एक वर्षमा विभिन्न उल्लेख्य काम गरेको बताउँदै आगामी दिनमा पनि यसलाई अगाडि बढाउनका लागि आफ्नो महत्वपुर्ण सहयोग रहने बताउनु भयो ।

पार्वती आचार्य