सडक मर्मतमा उदासिनताले आवास निर्माणमा कठिनाई
स्थानीय सरकारले सडक मर्मतमा तत्परता नदिदा भुकम्प पीडित निजी आवास निर्माण महङ्गो र निर्माणमा ढिलाई समेत भएको दुखेसो असोज ५ गते गरिएको सार्वजनिका सुनुवाइका क्रममा सहभागिहरूले व्यक्त गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भीमेश्वर नगरपालिका–६ को मानेडाडामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमका अधिकांश सहभागिहरूले स्थानीय सरकारले भएको श्रोतलाई प्रयोग नगर्ने र बजार मुल्य निर्धारण नगर्दा भुकम्प पीडितलाई निजी आवास निर्माण सामग्री खरिद महङ्गो र ढुवानीमा समेत बढी मुल्य तिर्नुपरेको गुनासो गरे ।
भीमेश्वर नपा–६ का गणेशबहादुर कार्की, कृष्णबहादुर गुरुङ्ग, रामकाजी तमाङले नगरापालिकाले सामान्य मर्मत गर्दा गाडी चल्ने सडकसमेत जनप्रतिनिधिको बेवास्ताका कारण ट्रकको भाडा तिरेर बोलेरेमा सामान ढुवानी गर्दा ढुवानी मात्र तेब्बर लागेको बताए ।
सोही वडाका कृष्णमाया बस्नेत, लासाङ तामाङ, माधव कार्कीले ‘भुकम्प प्रभावित लाभग्राहीमा नाम छुटेको र तीन पटक गुनासो फाराम भर्दा समेत लाभग्राहीमा नाम समावेश नभएकाले कहिले समावेश हुने हौँ ?’–भन्ने प्रश्न गरे ।
ज्ञानबहादुर श्रेष्ठले सरकारले आवास निर्माण सामग्रीको मुल्य निर्धारण र ढुवानी भाडा दर नतोक्दा भुकम्प पीडित थप मारमा परेको गुनासो गरे ।
कार्यक्रममा सेवा प्रदान गर्ने निकाय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन, इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय, दोलखाका प्रमुख निर्मल दर्शन आचार्यले गुनासो फाराम पठाउने काममा तदारूकता दिइएको, आवास निर्माणको अनुगमन गरी किस्ता निकासा प्रक्रिया सरल रूपमा गरिएको छ भन्दै सरकारी त्रुटीकै कारण वास्तविक भुकम्प प्रभावित लाभग्राही सूचीमा छुटेको भन्दै जिल्लामा ४ हजार लाभग्राहीको गुनासो सम्बोधन हुन बाँकी रहेको र सरकारले समेत तत्काल गुनासो सम्बोधन गर्न भनेकाले छिटै समाधान हुने बताए ।
भीमेश्वर नगरपालिका–६ को वडा अध्यक्ष नविन लामाले बिग्रेका सडक मर्मतको काम दसैँ अगाडि नै हुने, छुट लाभग्राहीको सम्बोधनमा प्रयास भइरहेको भन्दै समयमा निजी आवास निर्माण सरल र सहज ढङ्गले सम्पन्न गर्न डकर्मी तालिम उपलब्ध गराएको, प्रत्येक घरधुरी अनुगमन गरी आवास निर्माणमा आएका समस्या समाधान गर्न वडा कार्यालय सधैँ तयार रहेको बताए ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठि जनकपुरधाममा माघ २९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा माघ २९ गते…