सञ्चारकर्मी र नागरिक समाजबीच अन्तरसंवाद

  ०७७ भदौ ९ गते

इन्सेक सिन्धुपाल्चोकको आयोजनामा ०७७ भदौ ९ गते चौतारामा सञ्चारकर्मी र नागरिक समाजबीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणले गैर सरकारी संस्थाहरूलाई पारेको प्रभाव र सञ्चार जगतले खेलेको भूमिका तथा जिल्लामा बाढी पहिरोबाट पीडित नागरिकहरूको अधिकार बारे छलफल भएको थियो ।

कार्यक्रममा जिल्लाका सञ्चारकर्मी तथा पत्रकार महासङ्घका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिना, गैरसरकारी संस्था माहासङ्घका केन्द्रीय सदस्य राजेन्द्र शर्मा तथा बार इकालका अध्यक्ष भेषराम ढकाल लगायत जिल्लाका नागरिक समाजका अगुवाहरूले जिल्लाको अवस्था बारे जानकारी गराउनु भएको थियो ।

बैठकमा कोरोना भाइरस सुरक्षाको आवश्यक नियम पालना गरी दुरी कायम गर्दै इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

बैठकमा कोरोना भाइरसले मानवअधिकार संस्था सामुदायीक विकास तथा वातावरण संरक्षण मञ्चका कर्मचारीलाई पारेको प्रभावले संस्थालाई नकारात्मक र उत्तेजनात्मक अफवाहले पारेको प्रभाव बारे छलफल भएको थियो ।

त्यसैगरी बाढिपहिरोले जिल्लाका पारेको जनधनको क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउन तथा पहिरो पीडितलाई आधारभूत अधिकार दिलाउन नागरिक समाजको भूमिका प्रभावकारी हुनपर्ने बैठकको निकर्ष रहेको थियो ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा