संविधान र कानुनको कार्यान्वयन भए मानव अधिकार उल्लङ्घनमा कमी आउने

  ०७६ पुस २९ गते

संविधान र कानुनको कार्यान्वयन भए मानव अधिकार उल्लङ्घनका घटनामा  कमी आउनेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  नेपालगन्जद्वारा पुस २९ गते आयोजित प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकले उक्त कुरामा  बताउनु भएको हो ।

प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथकले नेपालको नयाँ संविधानले मानव अधिकारको दायरा बढाएको बताउदै  संविधान र कानुनको कार्यान्वयनमा बिशेष ध्यान दिन आवस्यक रहेको बताउनु भयो । उहाँले मौलिक हक लगायतका कुराले मानव अधिकारको दायरा अझै बढाउने जिकिर गर्नु भयो ।

नेपाल बार एशोसियशनका बरिष्ठ उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले संविधानले मौलिक हकमै धेरै कुरा समावेश गरेको भएपनि अझै नेपाली जनता शिक्षा, स्वास्थ्य र अन्य महत्वपूर्ण अधिकारबाट बञ्चित रहेको बताउदै आमाको नामबाट नागरिकता लिन अदालतले आदेश दिदाँ समेत नागरिकता नभएकै कारण विभिन्न अवसरबाट बञ्चित हुनु परेको बताउनु भयो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले मानवअधिकार उल्ङ्घनका घट्नाहरु बढ्नु देश र समाजकालागि चिन्ताको विषय भएको बताउनु भयो ।  जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवबहादुर सिंह लगायतले बालिकामाथि हुने यौन दुर्व्यवहारको अवस्था डर लाग्दो भएको बताउनु भएको थियो ।

इन्सेक प्रदेश ५ का संयोजक भोला महतले सन् २०१९ को प्रदेश ५ को मानव अधिकार अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

स्मृति देवकोटा