संयुक्त अनुगमन तथा बैठक सम्पन्न
वीरेन्द्रनगर नपा–११ झुप्राखोलाका वादी समुदायले इन्सेकले आफ्नो समुदायको अधिकार प्राप्तिका लागि आवाज उठाउन सहयोग गरेको बताएका छन् ।
कियोस परियोजना अन्तर्गत इन्सेक केन्द्र र कर्णाली प्रदेश कार्यालयबाट इन्सेकका व्यवस्थापन विभाग प्रमुख सुभेच्छा खड्काको नेतृत्वमा मङसिर १५ गते झुप्राखोला पुगेको संयुक्त अनुगमन टोली समक्ष वादी समुदायले सो कुरा बताएकाहुन ।
वर्षौंदेखि झुप्राखोलाको गिट्टी वालुवा निकालेर जीवन निर्वाह गर्दै आएका वादी समुदायले इन्सेकले आफ्नो अधिकारको बारेमा बोल्न सिकाएको, झुप्रा खोलामा खोप केन्द्र पुनस्र्थापना गर्न सहयोग गरेको र दोस्रो दर्जाको रूपमा हेरिने समुदायलाई अन्य नागरिकसँग व्यवहार गर्ने वातावरण तयार गरिदिएको उल्लेख गरेका थिए ।
तारा वादीले इन्सेकले आफ्नो अधिकारको बारेमा आवाज उठाउन सिकाएकै कारण अहिले हामी अन्य नागरिक सरहको जीवन बिताउन पाएको चर्चा गदै हाल आफनो समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउनु भयो ।
यस्तै सुशिला वादीले अधिकारको बारेमा बोल्ने हौसला तथा साथ दिएपछि अहिले आफूहरूलाई अन्य समुदायले हेप्ने प्रवृति हटेको उल्लेख गर्नु भयो ।
सम्झना र पार्वती वादीले इन्सेकले आफ्ना कार्यक्रमहरूमा सहभागी गराउन थालेपछि पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंथाहरूले पनि आफुहरूको खोजी गर्ने र कार्यक्रमहरूमा सहभागी गराउन थालेको उल्लेख गर्नु भयो ।
यस्तै संयुक्त अनुगमन टोलीले मङसिर १५ गते इन्सेकद्वारा वीरेन्द्रनगर नपामा गठित मानव अधिकार समूहका सदस्यहरूसँग बैठक पनि गरेको थियो । छलफलमामा मानव अधिकार समूहले गरेका गतिविधी, प्रक्रिया र उपलब्धीको बारेमा छलफल गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दिलबहादुर चौधरीले बताउनु भयो ।
बैठकमा मानव अधिकार समूहका सदस्य समिना वानुले धार्मिक अल्पसङ्ख्यकहरूको अधिकारको बारेमा इन्सेकले आवाज उठाउन सिकाएको बताउनु भयो ।
यस्तै बैठकमा सहभागीहरूले मानव अधिकार समूहको दिगोपनाका लागि इन्सेकले आवश्यक नीति तथा योजना ल्याउनुपर्ने उल्लेख गर्नु भयो ।
समूहमार्फत आवाज उठाउँदा वीरेन्द्रनगर नपाको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार सुनिश्चित गर्न जिम्मेवार निकायहरू जवाफदेही बन्न थालेको समूहका सदस्य सशिराम आचार्यले बताउनु भयो ।
बैठकमा इन्सेकका व्यवस्थापन विभाग प्रमुख खड्काले परियोजनाको प्रभाव र उपलब्धीको बारेमा समुहका सदस्यहरूसँग स्थलगत रुपमा बुझ्न पाउँदा खुशी लागेको बताउनु भयो ।
संयुक्त अनुगमन तथा बैठकमा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदी, इन्सेक केन्द्रीय कार्यालयका लेखा अधिकृत सुधा पौडेल, वादी समुदायका अगुवाहरू र मानव अधिकार समूहका सदस्यहरूको उपस्थिती रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठि जनकपुरधाममा माघ २९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा माघ २९ गते…
इन्सेकद्वारा शैक्षिक सामग्री प्रदान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा– १२ स्थित अम्मर ज्योति नमूना माविमा अध्ययनरत अविभवाक विहिन २० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बाल अधिकारमैत्री वातावरण प्रबद्र्धन…