शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी सरोकारवाला निकायहरूसँग समन्वय बैठक सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा मानव अधिकार निगरानी समूह कृष्णपुरकोे समन्वयमा साउन २३ गते कृष्णपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी सरोकारवाला निकायहरूसँग समन्वय बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर बिकले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सुनिश्चित र परिपुर्ति गर्नेतर्फ स्थानीय सरकारको प्रमुख दायित्व रहेको बताउँदै आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारको सुनिश्चित गर्न राज्यलाई सचेत र जबाफदेही बनाउन नागरिक समाजको महत्वपुर्ण भुमिका रहने बताए ।
कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्टले नगरपालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालयमा शिक्षाको गुणस्तरमा बृद्धि भएको भए पनि अहिले पनि केही विद्यालय बालमैत्री हुन नसकेको बताए ।
कृष्णपुर नगरपालिकास्थित स्वास्थ्य शाखाका प्रमुख गजेन्द्र विष्टले बिगतको तुलनामा कृष्णपुर नगरपालिकामा स्वास्थ्य सेवामा सुधार भएको बताउँदै नगरपालिका र सङ्घीय सरकारद्वारा प्रदान गरिने औषधि खरिद प्रक्रियाका कारण समयमै औषधि उपलब्ध हुन नसकेको बताए ।
पशु सेवा शाखा, कृष्णपुरका प्रमुख मानबहादुर केसीले कृष्णपुर नगरपालिका दुधमा आत्मनिर्भर रहेको, बङ्गुरपालन, बाख्रापालन र भैसीपालनमा सुधार भएको भएपनि सुरक्षित पशु बधशाला नभएका कारण मासु विक्री वितरणमा समस्या भएको बताए ।
कृष्णपुर नगरपालिकाका–७ का वडाध्यक्ष कल्लुराम रानाले आफ्नो वडामा अहिले पनि स्वाच्छ पीउने पानी, मलखाद, खोप केन्द्र, गुणस्तरीय शिक्षालगायतका समस्या रहेको बताए ।
उनले भने–‘अहिले पनि अनियन्त्रित विषादी प्रयोग भइरहेको छ । कृषकहरूका लागि सिंचाईको प्रबन्ध छैन । कसरी खाद्य अधिकारको संरक्षण गर्न सकिन्छ ।’
शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार परिपुर्ति गर्नका लागि राज्यले बनाएको नीतिलाई राज्यका निकायद्वारा कार्यान्वयन गर्न नसकेको मानव अधिकार निगरानी समूह, कृष्णपुरका अध्यक्ष जयलाल साउदले बताए ।
समन्वय बैठकमा कृष्णपुर नगरपालिकास्तरीय मानव अधिकार निगरानी समूहका सदस्यहरूले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको उपभोगबाट आर्थिक रूपमा पछाडि परेका र पहुँच नभएकाहरू नै वञ्चित हुँदै आएको बताएका थिए ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
कृषिमा बजेट बढाउने प्रतिबद्धता
लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २७ गते लेकवेशी नपामा आयोजना गरेको कृषकहरूको…
शिक्षाका सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २७ गते विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकद्वारा गठित बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार निगरानी…