शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  ०७५ चैत २१ गते

इन्सेक प्रदेश १ कार्यालय विराटनगरको सहयोग र मानव अधिकार निगरानी समूह सुनसरीको आयोजनामा चैत २१ गते जिल्लाको गढी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

तीन वर्षसम्म सञ्चालन गरिएको परियोजना र स्थानीयका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिचमा प्रश्नोत्तर सहितको अन्तरक्रिया गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अनुभूति र नागरिकमा परेको प्रभाव तथा कार्यक्रमको स्तरियताको अवस्था बुझ्न र सुधारका लागि पहल गर्न सेवाप्रदायक र सेवाग्राही तथा सरोकारवाला बिचमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

कार्यक्रममा सेवाग्राहीहरूले शिक्षा गुणस्तरमा सुधार गर्नुपर्ने, स्वास्थ्य संस्थामा नियमित औषधि वितरण गरिनुपर्ने, कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनुपर्नेलगायतका गुनासो र गुणस्तरीय शिक्षाका लागि अनुगनम गर्नुपर्ने माग गरेका थिए ।

कार्यक्रममा तालो चौधरीले गढी र इनरुवा सहितका स्थानीय तहको नयाँ संरचना अनुसार विभिन्न विषयगत शाखा स्थापना भएपनि सेवा प्रवाह राम्रो नहुँदा सेवा पाउन नसकेको गनासो गरिन् ।

त्रिवेण सिंहले विद्यालयमा सरसफाई भएको कारणले बालिकाहरु विद्यालय छाडेर टिफिनमा घर फर्किने गरेको गुनासो गरेका थिए ।

सुमित्रा चौधरी माझीले खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएपनि कार्यान्वय नभएकाले सरसफाईमा असर परेको र त्यसको प्रत्यक्ष प्रभाव स्वास्थ्यमा परेको गुनासोे गरिन ।

चौधरीले इन्सकको कार्यक्रमको प्रभावले केही बजार अनुगमन भएको र शिक्षा, स्वास्थ्यमा सुधार भएपनि पूर्ण रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यान्वय नभएको गुनासोे गरिन् ।

कार्यक्रममा उठेका सवालको जबाफ दिँदै गढी गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरीले इन्सेकको प्रवेशले गाउँमा विगतको भन्दा निकै प्रगति गरेको र प्रभाव पनि छाडेको बताइन् ।

उनले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि आफूहरु गम्भिर रहेको जानइन् । उनले नागरिकको सवालहरु एकदमै जायज भएकाले क्रमशः सम्बोधन गर्दै जाने समेत प्रतिवद्धता जनाइन् ।

इनरुवा नगपालिकाका उपप्रमुख जमुना गौतमले शिक्षाको अवस्था कम्जोर रहेको र अनुगमनको जिम्मेवारी प्रदेश र स्थानीय दुवै निकायको भएपनि स्पष्ट निर्देशिका नभएकाले समस्या भएको बताइन् ।

उनले नागरिकको गुनासो जस्तै आफ्नो पनि गुनासो रहेको बताउँदै विकासमा शिक्षाको योगदान भएपनि शिक्षाकै अवस्था नाजुक रहेको बताइन् ।

अनुगमन गर्न जादाँ समेत खासै सुधार नभएको र उनीहरुले पनि राम्रो तरिकाले नलिएको गुनासो गरिन् ।

कार्यक्रममा पुष्पलाल चौधरी बजारमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले गर्ने अनुगमनले प्रभाव नपरेकाले स्तरीय अनुगमनका लागि जोड दिए ।

उनले बजारलाई नियन्त्रण गर्न नसकेको भन्दै प्रभावकारी अनुगनमा जोड दिएका छन् । एक त बजार अनुगमनका लागि तालिम प्राप्त जनशक्ति छैनन् भने अर्को तिर सरकारले नै प्रश्रय दिएर राखेका व्यवसायीमाथि सरकारको अनुगमन प्रभावाकरी हुन नसकेको आरोप उपभोक्ताहरुले आरोप लगाएका छन्  ।

कार्यक्रममा इनरुवा नगरपालिका ७ का वडा अध्यक्ष किशोर सिंहले नयाँ संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि व्यवस्थापन भइनसकेका कारण समस्या भइरहेको बताए ।

उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रको विकासका लागि योजना बनाएर सबैले अनुभूति गर्ने गरी सेवा प्रदान गर्ने गरी योजना बनाएर लागु गर्ने प्रतिवद्धता जनाए ।

SAMSUNG CAMERA PICTURES

SAMSUNG CAMERA PICTURES

SAMSUNG CAMERA PICTURES

SAMSUNG CAMERA PICTURES

जयकृष्ण यादव