शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया
इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा चैत १५ गते शुक्लाफाँटा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न गरिएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागि पहल गर्न सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सेवाग्राहीहरूले शिक्षा गुणस्तरमा सुधार गर्नुपर्ने, स्वास्थ्य संस्थामा नियमित औषधि वितरण गरिनुपर्ने, कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनुपर्नेलगायतका मागहरू गरेका थिए ।
कार्यक्रममा स्थानीय तहको नया संरचना अनुसार शाखा स्थापना भएपनि सेवा प्रवाह राम्रो नहुँदा सेवा पाउन नसकेको सहभागीहरूले गुनासो गरेका थिए ।
कार्यक्रममा उठेका सवालको जबाफ दिँदै शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले नयाँ संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि व्यवस्थापन भइनसकेका कारण समस्या भइरहेको बताए ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रको विकासका लागि योजना बनाएर सबैले अनुभूति गर्ने गरी सेवा प्रदान गर्ने गरी योजना बनाएर लागु गर्ने बताए ।
सेवा प्रदायक र सेवाग्राहीबिच समय समयमा अन्तरक्रिया भए सेवाप्रदायक संस्थालाई सुधार गर्ने अवसर हुने र योजना बनाउन सजिलो हुने नगरपालिका प्रमुख ऐरले बताए ।
कोमलनिरन्जन भाट
संबंधित इन्सेक गतिविधिहरू
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबैको साझा सवालः सरोकारवाला
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबैको साझा सवाल भएको कावासोतीमा आयोजित “आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा मानव अधिकारको अवस्था” विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले बताएका छन् । मानव अधिकार संरक्षण…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सल्यानमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी सरोकारवालाहरूले जिल्लामा बालविवाहको समस्या अझै कायमै रहेका कारण न्यूनीकरण गर्न सबै पक्ष…
मानव अधिकारका वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर २४ गते सन्धिखर्कमा सम्पन्न गरिएको छ । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले नेपालको मानव अधिकारको अभिलेखिकरण गर्ने भरपर्दो…
फेदिखोला गाउँपालिकामा इन्सेकद्वारा टेलिभिजन संवाद कार्यक्रम सम्पन्न
फेदिखोला गाँउपालिकामा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार विषयक टेलिभिजन संवाद कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउन…
लैङ्गिक हिंसाविरूद्ध फेदिखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न
फेदिखोला गाँउपालिकामा “समानताको पुस्ता, बलात्कारविरूद्धको ऐक्यबद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते कार्यक्रम सम्पन्न भएको गरिएको छ । फेदिखोला गाउँपालिका, हरियो वन र इन्सेकको…