इन्सेक गतिविधि

०७५ फागुन २८ गते

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई स्थापित गर्ने सेवा प्रदायकको प्रतिबद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरले बाहृदशी गउँपालिकामा फागुन २८ गते सेवाग्राही र सेवा प्रदायकबीच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा सेवाप्रदायकहरूले शिक्षा,स्वास्थ्य र खाद्य अधिकारलाई स्थापित गरी छाड्ने प्रतिबद्धता जनाएका छन् ।

बाहृदशी गाँऊपालिका–१, २ र ३ वडाका जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार महत्वपूर्ण सवाल भएकाले ति अधिकारलाई स्थापित गराई छाड्ने प्रतिबद्घता सेवाग्राहीहरू समक्ष गरेका छन् ।

वडा–१ र २ का वडाध्यक्षद्वय शम्भुसिंह राजवंशी र यादव मिश्रले जनताका आधारभूत आवश्यकता अनुगमन गरी सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवाल माथि प्रकाश पार्दै इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले बालबालिकाले पढ्न नपाउनु, मान्छेले खान नपाउनु, आवास नपाउनु मानव अधिकारको विषय भएको र सो विषयलाई सम्बोधन गर्न सके मात्र सेवा प्रदायक र सेवाग्राहीबीचको सम्बन्ध मजबूत हुने बताए ।

मानव अधिकार निगरानी समूह बाहृदशीका अध्यक्ष गोपाल भण्डारीले स्थानीय सरकारले समान ढङ्गले स्थानीय जनतालाई सेवा दिन नसकेको बताए ।

उनले शिक्षा,स्वास्थ्य र खाद्य सम्प्रभूताको हक हरेक नागरिकलाई समान हुने गरी संविधानले व्यवस्था गरेपनि ब्यवहारमा भने सो नदेखिएको बताए ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई स्थापित गराउन सेवा प्रदायक र सेवाग्राहीबीच नङमासु जस्तो सम्बन्ध हुन आवश्यक रहेको दावी गरे ।

अन्तरक्रिया कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयमा शिक्षाको गुणस्तर सुधार नभएको र खाजाको रकम समेत समयमा नआउने गरेको गुनासो गरे ।

सेवाग्राहीहरूले स्वास्थ्य सेवा निःशुल्क र पर्याप्त नभएको, स्वास्थ्यकर्मी कार्यालय समयसम्म नबस्ने गरेको, जुनसुकैलाई बिरामी एकै किसिमको औषधि दिने गरेको गुनासो गरेका थिए ।

त्यस्तै कृषि र पशुसेवा शाखाबाट पाउने सेवा सुविधा पक्षपातपूर्ण भएको आरोप अन्तरक्रियामा सहभागी कृषकहरूले लगाए ।

कृषिले दिएको बिऊ नै न उम्रेका कारण हैरान खेप्नु परेकोमा किसानहरूले आक्रोश ब्यक्त गरे । सेवा प्रदायकले अनुदान पशुपालक कृषकलाई नदिएर फर्मवाला कृषकलाई मात्रै दिने गरेकाले आफूहरू अधिकारबाट वञ्चित भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयकी कार्यक्रम संयोजक बागमती कट्टेलले बताइन् । सो अवसरमा उनले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सहभागीहरूलाई जानकारी गराएकी थिइन् ।

नरेश खाती

इन्सेक गतिविधिहरू

शिक्षक, अभिभावक र विद्यार्थीहरुबिच अन्तरक्रिया सम्पन्न

मानव अधिकार निगरानी समूह फेदिखोला गाउँपालिकाको आयोजनामा शिक्षक अभिभावक र विद्य....

उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या

उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या रहिरहने एक कार्यक्....

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई स्थापित गर्ने सेवा प्रदायकको प्रतिबद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरले बाहृदशी ....

इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन

जिल्लामा इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन तथा मुल्याङ्कन गर....

सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा अजयमेरू गाउँपालिकामा इएलपी....






Top