शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा फागुन १ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागी पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सेवाग्राहीहरूले शिक्षा गुणस्तरमा सुधार गर्नुपर्ने, स्वास्थ्य संस्थामा नियमित औषधि वितरण गरिनुपर्ने, कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनुपर्नेलगायतका मागहरू गरेका थिए ।
कार्यक्रममा स्थानीय तहको नया संरचना अनुसार शाखा स्थापना भएपनि सेवा प्रवाह राम्रो नहुँदा सेवा पाउन नसकेको सहभागीहरूले गुनासो गरेका थिए ।
कार्यक्रममा उठेका सवालको जबाफ दिँदै शुक्लाफाँटा नगरपालिकाका–५ का वडा अध्यक्ष कमलराज गिरीले नयाँ संरचना अनुसार धेरै अधिकार स्थानीय स्तरमा आएपनि व्यवस्थापन भइनसकेका कारण समस्या भइरहेको बताए ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु क्षेत्रको विकासका लागि योजना बनाएर सबैले अनुभूति गर्ने गरी सेवा प्रदान गर्ने गरी योजना बनाएर लागु गर्ने बताए ।
सेवा प्रदायक र सेवाग्राहीबिच समय समयमा अन्तरक्रिया भए सेवाप्रदायक संस्थालाई सुधार गर्ने अवसर हुने र योजना बनाउन सजिलो हुने वडा अध्यक्ष कमलराज गिरिले बताए ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
सेवाग्राहीद्वारा स्थानीय तहको सेवा प्रभावकारी बनाउन माग
स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी प्रवाधान र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सेवाग्राहीले स्थानीय तहको सेवा प्रभावकारी बनाउन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र…
मानव अधिकार समूहको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग, मानव अधिकार समूहको समन्वय र कोशी गाउँपालिकाको संयोजनमा कोशी गाउँपालिकामा चैत ३० गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारको लागि भौतिक पक्ष भन्दा शैक्षिक पक्षलाई जोड दिन आवश्यक रहको कावासोतीमा आयोजित शिक्षाको अधिकारसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागीहरूले बताएका छन् । विद्यालयमा भौतिक संरचना राम्रो भएकै…
सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवालय गाउँपालिकामा चैत २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष लगायत अन्य…
शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ स्थित ब्रम्हारूपा माध्यमिक बिद्यालयमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगर…