इन्सेक गतिविधि

०७५ माघ १९ गते

शिक्षा, स्वास्थ्य तथा खाद्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले गुर्भाकोट नपामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्धारा माघ १७ गते साहारेमा आयोजित सेवाप्रदायक र सेवाग्राहीबीच स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नगर प्रमुख पुनले अपाङ्ग, दलित, बालिका तथा द्वन्द्व पीडित बालबालिकालाई प्रदान गरिने छात्रावृत्ति नियमित रूपमा वितरण गर्ने, बजार अनुगमन निर्देशिका तयार गरी बजार अनुगमनलाई तीव्रता दिने र गुर्भाकोट नपामा सहकारीमार्फत पायक पर्ने स्थानमा दुई ओटा दुध सङ्कलन केन्द्र स्थापना गरिने प्रतिबद्धता जनाए ।

गुर्भाकोट नपामा गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि विद्यालयको भौतिक निमार्णको खाँचो रहेको चर्चा गर्दै प्रमुख पुनले आगामी आर्थिक वर्षमा भौतिक निमार्णमा थप बजेट विनियोजन गर्ने, वास्तविक किसानहरूको पहिचान गरी आवश्यक मल बीउ तथा औषधि निशुल्क रूपमा उपलब्ध गराउने र तरकारी संकलन केन्द्रलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूह, युवा समूह र बाल अधिकार चेतना समुहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा स्थानीय स्तरमा पहिचान गरेका सवालमा जानकारी गराउँदै ती समस्या समाधान गर्ने प्रमुख जिम्मेवारी गुर्भाकोट नपाकै रहेको उल्लेख गरे ।

photo20190202surkhet (1)

photo20190202surkhet (2)

photo20190202surkhet (3)

photo20190202surkhet (4)
दुर्गा थापा

इन्सेक गतिविधिहरू

गुणस्तरीय शिक्षाले सबै क्षेत्र सुधार हुन्छः नगर प्रमुख यादव

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले सबैभन्दा पहिला गुणस्तरीय शिक्षा....

निगरानी समूहको पहलमा वादी बालिकाहरुलाई पाठयपुस्तक सहयोग

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायको शिक्षा स्वास्थ्य तथा खाद्य अधिकारका लाग....

वडाअध्यक्षहरुसँग स्थानीयले पोखे गुनासो

अन्नपूर्ण गाउँपालिका कृषि शाखाले वितरण गरेको २ सय ५० टनेलमध्ये अनुगमनका क्रममा....

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

इन्सेकले सञ्चालन गर्दै आएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी परियोजना ....

प्रभावकारी विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य आवश्यक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पारस्पारिक जवाफदेहिता परिय....






Top