शिक्षा, स्वास्थ्य, खाद्य र अधिकारको सवालमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा प्रदेशस्तरीय सरोकारवालाहरूबिच पुस १६ गते जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढा मगरले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सवालमा भएका महासन्धिको बारेमा प्रस्तुतीकरण गर्नु भयो ।
कार्यक्रममा प्रदेश २ सरकारका सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख देवकुमारी खत्रीले प्रदेशमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा समस्याहरुलाई सम्बोधन गर्न प्रदेश २ सरकार अग्रसर रहेको बताउनु भयो ।
माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा दिएको भएपनि प्रदेश सरकारले समेत विद्यालयको खस्किएको शैक्षिक अवस्था सुधारका लागि अनुदानदेखि शैक्षिक सामग्री वितरण गर्दै आएको उहाँले बताउनु भयो ।
प्रदेश २ सरकारले स्वास्थ्य क्षेत्रमा समेत ठुलो लगानी गर्दै आएको समाजिक विकास महाशाखा प्रमुख खत्रीले बताउनु भयो ।
कोरोनाको महामारीको बेलामा समेत प्रदेश २ सरकारकाले कोभिड–१९ अस्पताल निमार्णदेखि लिएर औषधी उपचार र आइसोलेशन, क्वारेण्टाइन निर्माण गरी जनतालाई स्वास्थ्य सेवा दिन अग्रसरता देखाएको उहाँले बताउनु भयो ।
प्रदेश सरकारले प्रादेशिक अस्पतालको साथै स्वास्थ्य प्रतिष्ठान समेतको परिकल्पना गरी सकेको उहाँले बताउनु भयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–१० का वडा अध्यक्षले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको लागि स्थानिय सरकारले आफु सक्दो विभिन्न कार्यक्रमहरूमार्फत प्रयास गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा निलहिरा समाज धनुषाका अभियन्ता प्रदीप यादवले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अल्पसङ्ख्यक तथा तेस्रो लिङ्गीहरूको लागि समेत प्रष्ट रुपमा सेवा सुविधा दिनुपर्ने माग गर्नु भयो ।
उहाँले यौनिक अल्पसङ्ख्यकहरूलाई अहिले समेत पहिचानसहितको नागरिकताको साथै शिक्षा, स्वास्थ्यको क्षेत्रमा पहुँच हुन नसकेको बताउनु भयो ।
पशु सेवा कार्यालय धनुषाका नायव सुब्बा रामेश्वर सिंहले सर्वसाधारण जनताहरूले स्वच्छ खाद्य पदार्थ उपभोग गर्न पाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा सर्वसाधारण जनताहरूको सहजै पहुँचमा अझै समस्या रहेको बताउनु भयो ।
वर्तमान अवस्थामा तीन तहका सरकारले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका मौलिक हकको कार्यान्वयनका निम्ति अग्रसर हुनुपर्नेमा जोड दिनु भयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
मानवअधिकार समूहद्वारा नगरपालिकामा ज्ञापनपत्र
मानवअधिकार समूह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी समस्याहरू सम्बोधन गर्न माग गरेको छ । समूहले फागुन १९ गते भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई…
मानव अधिकारका सवालमा स्थानीय तहका नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढी र गौरीगंग नगर स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था…
कृतिम बौद्धिकता तथा माानव अधिकार विषयक कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालय, आइसिएनएल र सोच नेपालको संयुक्त आयोजनामा फागुन १८ गते हेटौँडामा “कृतिम बौद्धिकता तथा मानव अधिकार” विषयक प्रदेश स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको…
भूमिहीनलाई जग्गा दिलाइने छः अध्यक्ष शाही
भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले बास्तविक भूमिहीनहरूलाई यसपटक दिलाउने गरी आयोग गठन भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन १८ गते आयोजना गरेको आवास…
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…