शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकार नीति तथा कार्यक्रममा समेट्न माग गर्दै निगरानी समूहद्वारा ज्ञापनपत्र

  ०७७ असार १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूहले भोक्राहा नरसिहं र कोशी गाउँपालिकामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा समेट्न माग गर्दै असार १० गते ज्ञापनपत्र बुझाएको छ ।

०७६ मा इन्सेकद्वारा भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा गठित मानव अधिकार निगरानी समूहले आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा सचेतना फैलाउने गरी बजेट माग गर्दै सोही अनुसारको नीति तथा कार्यक्रम बनाउन ज्ञापनपत्रमार्फत माग गरेको मानव अधिकार निगरानी समूह कोशी गाउँपालिकाका अध्यक्ष अनिता उराउले बताउनुभयो ।

निगरानी समूहले मानव अधिकारका सवाललाई समेटि नीति तथा कार्यक्रम ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो ।

इन्सेकले गाउँपालिकामा मानव अधिकारका सवालमा परियोजना सञ्चालन गरेको र सोही अनुसारका माग राखि ज्ञापनपत्र बुझाएकाले नीति तथा कार्यक्रममा मानव अधिकारका सवाललाई समेट्न आफूहरू तयार रहेको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले बताउनुभयो ।

निगरानी समूहले ज्ञापनपत्र माफ्र्त पाँच ओटा बुदाँमा गाउँपालिकाका सबै वडामा मासिक वा त्रैमासिक रूपमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार बारेमा सचेतना फैलाउने गरी नीति तथा कार्यक्रम बनाउँन माग गरेको छ ।

मानव अधिकार रक्षाका लागि बजेट विनियोजन गर्नुपर्ने, गाउँपालिकाका सबै विद्यालायहरूको मानव अधिकार समूहसहित स्थानीय सरकारका विषयगत शाखाहरूलाई जवाफदेही बनाउँने गरी नीति तथा कार्यक्रम गर्न माग गरिएको मानव अधिकार निगरानी समूह भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष शोभा मेहताले बताउनुभयो ।

Photo 2020624 Sunsari (1)

Photo 2020624 Sunsari (2)

जयकृष्ण यादव