शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा बन्दिपुर गाउँपालिकामा शिक्षाको अधिकारसम्बन्धी सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम पुस ३ गते वडा नम्बर १ स्थित सिकेविके क्याम्पसमा सम्पन्न भयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षासम्बन्धी कार्यक्रम र गाउँपालिकाको शिक्षाको नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने र सुझाव सङ्कलन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षालाई गाउँपालिकाले पनि निकै प्रथामिकतामा राखेको बताउनुभयो ।
शिक्षालाई प्राथमिकतामा राखि गुरुयोजना बनाइएको भन्दै अध्यक्ष थापाले मातृभाषाबाट पनि शिक्षा लिन पाउने वातावरण बनाइएको बताउनुभयो ।
उहाँले शिक्षाको मुख्य जग नै प्राथामिक र आधारभुत तहको शिक्षा भएको हुँदा सबै प्राथमिक विद्यालय तहमा मन्टेश्वरी शिक्षा तथा धुलो रहित कक्षा कोठा सुरु भएको बताउनुभयो ।
आधारभुत तहमा पूर्ण दरबन्दी तथा सूचना प्रविधिको पढाइ एवमं माध्यमिक तहमा सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न आवसिय र बसको व्यवस्थापन सुरु गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
उहाँले सबै विद्यालयमा स्वच्छ खानेपानी, सफा शौचालय तथा विद्यालयसम्म पुग्ने सडकको स्तरोन्नती पनि सुरु गरिएको जानकारी दिनुभयो ।
वडा १ का वडाध्यक्ष भानुभक्त पोख्रेलले अहिलेसम्म राज्यको नीतिको कारण शिक्षामा सुधार हुन नसकेको भन्दै अब स्थानीय तहले प्राविधिक शिक्षालाई जोड दिने खालको नीति ल्याउनुपर्ने बताउनुभयो ।
व्यवहारिक ज्ञान, नैतिक शिक्षा र मातृभाषालाई संरक्षण गर्ने खालको नीति ल्याउनुपर्ने भन्दै वडा अध्यक्ष पोख्रेलले त्यस्ता खाले नीति बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।
गाउँपालिकाले नै आयोजना गर्नुपर्ने यस्ता कार्यक्रम इन्सेकले आयोजना गरेकोमा उनले इन्सेकलाई धन्यवाद दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटिकी सदस्य गिता शाहीले गुणस्तरीय र व्यवहारिक शिक्षा अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको भन्दै राज्य पनि यस प्रति अलि अलि जिम्मेवार बन्न थालेको बताउनुभयो ।
कार्यपालिका सदस्य सावित्री दुवाडीले शिक्षा बिना सबै कुराहरु ओझेलमा पर्ने हुँदा शिक्षालाई नै प्राथमिकतामा राखि योजनाहरु बनाउनुपर्ने बताउनुभयो ।
गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कविता पौडेलले बालमनोविज्ञानलाई आधार मानेर शिक्षा र सिकाई क्रियाकलाप गर्नुपर्ने बताउनुभयो ।
विद्यालयमा दण्ड सजायको अन्त्य गरी बालमैत्री प्रविधिबाट सिकाई हुनुपर्ने पौडेलले बताउनु भयो ।
पवित्रा माविका प्रधानाचार्य रघुनाथ पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सिकेविके क्याम्पसका प्रमुख माधव पण्डित, पवित्रा मावि व्यवस्थापन समितिका सदस्य कुलेन्द्र गौतम, वडा सदस्य अमृत शाही, बाल अधिकार चेतना समूह पवित्रा माविका अध्यक्ष नासिर हुसेन, विष्णु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारी लगायतले शिक्षाको महत्वको बारेमा मन्तव्य राख्नुभएको थियो ।
सो कार्यक्रममा बन्दिपुर गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक सिर्जना अधिकारीले गाउँपालिकाले चालु शैक्षिक सत्रमा सञ्चालन गरेको शिक्षा सम्बन्धी नीति, शैक्षिक कार्यक्रम र शिक्षाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…