शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयको आयोजना र इन्सेकद्वारा नगरपालिकामा गठित मानव अधिकार समूहको संयोजनमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्र्तगत शिक्षाको अधिकारका सवालमा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अर्जुनधारा नगरपालिकाका कार्यपालिका सदस्य दिलिप गुरुङ्गले शिक्षा क्षेत्रमा आएको समस्याहरूका सवालमा इन्सेकले उठाएका मुद्दा नगरपालिकाले समाधान गर्न पहल गर्ने बताउनु भयो ।
पत्रकार रमेश समदर्शीले कक्षा एकदेखि पाँचसम्म दिने भनिएकोे दिवा खाजा कार्यक्रम विद्यालयले किन नपाएको भनी प्रश्न गर्नु भयो ।
विद्यार्थी सविना विश्वकर्माले दलितलाई निःशुल्क भने पनि ११ र १२ कक्षामा शुल्क तिर्नुपरेको गुनासो गर्नु भयो ।
शिक्षक सङ्गठन अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले अर्जुनधारा नगरपालिकाले विगतमा शैक्षिक घोषणापत्र जारी गरेर त्यसको पालना नगरेको बताउनु भयो ।
उहाँले शिक्षा क्षेत्रमा नगरपालिकाले बजेट नै कम विनियोजन गर्ने र विनियोजित बजेट पनि आधा मात्रै खर्च गरेको गुनासो गर्नु भयो ।
विद्यार्थी झुमा घिमिरेले नगरका विद्यालय छात्रामैत्री र अपाङ्गमैत्री नभएको बताउनु भयो ।
विद्यार्थी दीक्षा सिटौलाले शिक्षक समयमा नआउने, पटक पटक शिक्षक परिवर्तन हुँदा पढाइमा समस्या हुने गरेको बताउनु भयो ।
शिक्षा शाखाकी प्रतिनिधि समीरा दाहालले यस वर्ष नगरपालिकाले विद्यालय शैक्षिक साम्रगी कार्यक्रम, कक्षा कोठा सुधार, बालकक्षा शिक्षक प्रोत्साहन, विद्यालय कर्मचारी कार्यक्रम र विद्यालय भौतिक सुधार योजना ल्याएको बताउनु भयो ।
मानव अधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द सुवेदीले बालबालिकालाई बालमैत्री वातावरणमा पढ्ने व्यवस्था मिलाउन नगरपालिकासँग आग्रह गर्नु भयो ।
शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको इन्सेक सहजकर्ता राजन राईले बताउनु भयो ।
नरेश खाती
सम्बन्धित इन्सेक गतिविधिहरू
भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी आयोगलाई : अध्यक्ष ज्ञवाली
भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी वर्तमान आयोगलाई प्राप्त भएको बताउनुभएकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा भानु नगरपालिकाको…
मानवअधिकार समूहद्वारा नगरपालिकामा ज्ञापनपत्र
मानवअधिकार समूह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी समस्याहरू सम्बोधन गर्न माग गरेको छ । समूहले फागुन १९ गते भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई…
मानव अधिकारका सवालमा स्थानीय तहका नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढी र गौरीगंग नगर स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था…
कृतिम बौद्धिकता तथा माानव अधिकार विषयक कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालय, आइसिएनएल र सोच नेपालको संयुक्त आयोजनामा फागुन १८ गते हेटौँडामा “कृतिम बौद्धिकता तथा मानव अधिकार” विषयक प्रदेश स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको…
भूमिहीनलाई जग्गा दिलाइने छः अध्यक्ष शाही
भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले बास्तविक भूमिहीनहरूलाई यसपटक दिलाउने गरी आयोग गठन भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन १८ गते आयोजना गरेको आवास…