शिक्षाका सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २७ गते विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेकद्वारा गठित बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले एक अर्कालाई दोष देखाउनु भन्दा पनि शिक्षासँग सरोकार राख्नेहरू सबै ऐक्यबद्ध भएर कार्य गर्न सहमत भएका छन् ।
उनीहरू विद्यालयमा निगरानी राख्न, नियमित रुपमा अन्तरक्रिया गरी समास्या समाधानको प्रयत्न गर्न, पालना गर्नुपर्ने नियम बनाउन, अनुशासन कायम राख्न र प्रभावकारी पढाइका लागि प्रयत्नशील रहन सहमत भएका हुन् ।
सहभागीहरूले कोभिड–१९ का कारण क्वारेण्टाइन राखिएको विद्यालयमा भौतिक सम्पती क्षति भएकाले स्थानीय सरकारको ध्यान जानुपर्ने धारणा राखे ।
शिक्षा इकाइ प्रमुख रामेन्द्र यादवले क्वारेण्टाइन राखिएका गाउँपालिकाका पाँच विद्यालयमध्ये दुई विद्यालयका भौतिक साधनहरूमा बढी क्षति पुगेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य उमेशकुमार मण्डलले क्वारेण्टाइन राखिएकाले क्षति भएको भौतिक सामग्री र ट्युववेल उपलब्ध गराउने प्रतिबद्धता गाउँपालिकाले पुरा नगरेको आरोप लगाउनु भयो ।
वडा सदस्य रामकुमार रायले प्रधानाध्यापकले नलगेका कारण ट्युववेल गाउँपालिकामा थन्किएको बताउँदै विद्यालय सञ्चालनमा आएपछि ३५ कार्टुन सेनेटेरी प्याड र मास्क विद्यालयलाई उपलब्ध गराएको जानकारी दिनु भयो ।
उहाँले विद्यार्थीहरूलाई आकर्षित गर्न र किशोरीमैत्री कोठा तयार गर्न लाग्ने खर्च गाउँपालिकाले छुट्याएकोले योजनाका साथ गाउँपालिकामा पेश गर्न विद्यालयसँग आग्रह गर्नु भयो ।
विद्यार्थीहरूले शिक्षकदेखि विद्यार्थीहरूसम्म ढिलो आउने गरेको, विद्यार्थीहरू पोशाक र मास्क नलगाएर आउने गरेको, सेनेटेरी प्याड प्रयोग गर्ने चेन्जिङ रुमको व्यवस्था नभएको, शौचालय फोहोर रहने गरेको, ट्युववेलको अभाव रहेको, नेपाली भाषाको प्रयोग नहुने गरेको जस्ता समस्याबारे जानकारी गराएका थिए ।
विद्यार्थीहरू गणेश मण्डल, धर्मेन्द्र साह, मुकेशकुमार मण्डल, भरतकुमार साह र अम्बिका मण्डलले समस्याबारे जानकारी गराउँदै शैक्षिक क्षेत्रका समस्या समाधानका लागि जनप्रतिनिधि, शिक्षक र विद्यालय व्यवस्थापन समितिले चासो दिनुपर्ने माग गरे ।
जनता माविका शिक्षक महेन्द्रप्रसाद मण्डलले व्यवस्थापनमा कमजोरी रहेको स्वीकार्दै विद्यार्थीहरूले गृहकार्य नगर्ने र नियमित विद्यालय नआउनाले समान ढङ्गले सिकाउन समस्या परेको बताउनु भयो ।
अभिभावक योगेन्द्रप्रसाद मण्डलले शिक्षित अभिभावकहरूले निजी विद्यालय रोज्ने र कमजोर आर्थिक अवस्था भएकाहरूले सामुदायिक विद्यालयमा पढाउनु पर्ने बाध्यताले अभिभावकहरू विद्यालयको निगरानी गर्न असमर्थ रहेको बताउनु भयो ।
कोभिड–१९ का कारणले लथालिङ्ग बनेको विद्यालयको अवस्थामा क्रमिक सुधार आइरहेको बताउँदै सहायक प्रधानाध्यापक जगदीशप्रसाद यादवले विस्तारै व्यवस्थित गरिँदै लैजाने विश्वास दिलाउनु भयो ।
राजविराज नगरस्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुवर साह तथा विष्णपुर गाउँस्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले विद्यालयको अवस्था सुधार गर्न शिक्षासँग सरोकार राख्नेहरू जिम्मेवार बन्नु पर्ने धारणा राखेका थिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…