विद्यालयहरू अपाङ्गमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो

  ०७६ मङ्सिर २१ गते

राप्तिसोनारी गाउँपालिकामा रहेका विद्यालयहरू अपाङ्गमैत्री नभएको एक कार्यक्रमका सहभागी अपाङ्गता भएका व्यक्तिहरूको गुनासो रहेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १९ गते आयोजना गरेको  शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले सो गुनासो गरेका हुन् ।

राप्तिसोनारी गाउँपालिका–४ का रामरतन थारूले विद्यालयहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका बालबालिकाहरूलाई पठनपाठनमा समस्या रहेको बताउनुभयो ।

दृष्टिविहीन र बहिरा बालबालिकाहरूको लागि छुट्टै स्रोत कक्षा नहुँदा आफ्ना बालबालिकाहरूलाई अर्को जिल्लामा पठाउनु परेको र शिक्षकहरूले पनि कुनैपनि वास्था नगर्दा धेरै जसो बालबालिकाहरूलाई शिक्षा बाट वञ्चित हुनु परेको बताउनुभयो ।

मुक्त कमलरी विकास मञ्चकी सदस्य पार्वती थारूले बुबाआमा नभएका बालबालिकाहरूको लागि बस्न छुट्टै सुरक्षित आवासको समस्या रहेको बताउनुभयो ।

सुरक्षित बास र शिक्षाको कमीका कारण मुक्त्त कमलरीका बालबालिकाहरू बलविवाह गर्न बाध्य भएकोले बाल विवाह रोक्नको लागि सुरक्षित बास र शिक्षाको लागि सहयोग गरिदिन माग गर्नुभएको छ ।

राप्तिसोनारी गाउँपालिका वडा नं ४ र वडा नं १ मा खाद्य क्षेत्रमा कुनैपनि सहयोग नभएको कृष्णा बुढा मगरले बताउनुभयो ।

राप्ति सोनारी गाउँपालिकामा रहेको कुश्मेश्वर मावि, गणेश मावि र नेराप्रविमा शिक्षाका लागि शुल्क लिने गरेको र स्वास्थ्य क्षेत्रमा एम्बुलेन्सको सुविधा नभएको सहभागीहरूले बताएका छन् ।

राप्ति सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले विद्यालयहरूमा आधारभुत तहसम्मको शिक्षा निःशुल्क दिइरहेको बताउनुभयो ।

उहाँले ६ करोड ७५ लाख रुपियाँ शिक्षा क्षेत्रमा लगानी गरेको बताउँदै शुल्क लिइरहेको केही  विद्यालयहरूमा गएर आफ्नो पहलबाट रकम फिर्ता गराएको बताउनुभयो ।

गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा औषधि आफ्नै गाडीमा लगेर वितरण गर्ने गरेको र एम्बुलेन्सको समस्या पनि समाधान गर्ने बताउनुभयो ।

उहाँले मुक्त्त कमलरीका टुहूरा बालबालिकाको परिचय पत्र लिएर आउन आग्रह गदै आफूले गर्ने सहयोग दिने बताउनुभयो ।

कार्याक्रममा इन्सेक नेपालगञ्जकी फोकलपर्सन सरस्वती मल्लले कार्यक्रमको उद्देश्यमाथि प्रकास पादै  गाउँपालिकामा अहिलेसम्म शिक्षा, स्वास्थ्य, खाद्य, आवासको विषयमा के कति समस्या रहेका छन् र समस्यालाई  समाधान कसरी गनुपर्छ भन्ने विषयमा छलफल गर्र्र्न आग्रह गर्नुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, खाद्य, आवासको विषयमा रहेको समस्यालाई प्रदेशमा राखेर समाधान गर्नमा पहल गर्ने बताउनुभयो ।

photo20191207banke (1)

photo20191207banke (2)

photo20191207banke (3)

स्मृति देवकोटा