विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न माग
सरकारले हरेक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इलाममा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजनाको असार २५ गते फिल्टर वितरण कार्यक्रममा सहभागीले स्वच्छ पिउने पानीको व्यवस्था गरीदिन सरकारसँग माग गरेका हुन् ।
स्थानीय आवश्यकता सरकारले मात्र पुरा गर्न नसक्ने भएकोले गैरसकारी संस्थाले विद्यालयका बालबालिकालाई स्वच्छ पिउने पानीको व्यवस्था गर्नु भनेको सरकारलाई विद्यालयका बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्न खबरदारी गर्नु पर्ने सूर्योदय नगरपालिका-१२ का वडा अध्यक्ष डोलेन्द्र भारद्धजले बताए । उनले यसका लागि सरकारले विद्यालयका आधारभूत आवश्यकतालाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।
विद्यालयमा भएका भौतिक सामग्री सबै बालबालिको पहुँचमा हुनुपर्ने इलाम नगरपालिका-१० का वडा अध्यक्ष रोमबहादुर लुङ्गेली मगरले बताए । लुङ्गेलीले विद्यालयका बालबालिकाको स्वच्छ पिउने पानीको अधिकारलाई सरकारले सुश्निचित गर्नुपर्ने धारणा राखेका थिए ।
इन्सेकको आर्थिक सहयोगमा नौ वटा विद्यालयमा फिल्टर वितरण गरिएको परियोजना जिल्ला सहजकर्ता सुरेश पोर्तेलले जानकारी दिए । पोर्तेलका अनुसार सूर्योदय नगरपालिका र इलाम नगरपालिकामा रहेको नौ वटा विद्यालयमा नौ थान पानी छान्ने फिल्टर वितरण गरिएको छ ।
सूर्योदय नगरपालिका-११ का दुई, वडा नम्बर १२ का दुई र इलाम नगरपालिका-१० का पाँच वटा विद्यालयमा पानी छान्ने फिल्टर वितरण गरिएको हो ।
कोकिला ढकाल
सम्बन्धित इन्सेक गतिविधिहरू
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…