विकासका लागि प्राथमिक सूचि आवश्यकः नागरिक अगुवा

  ०७६ फागुन ५ गते

विकासमा आवश्यकताको आधारमा प्राथमिकताको सूचिकरण तय नभएकोले उल्लेखनीय प्रगति हुन नसकेको नागरिक अगुवाहरूले बताउनु भएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०, ललितपुरको आयोजनामा फागुन ४ गते आयोजित ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य’ विषयक अन्तक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताउनु भएको हो । जिल्लामा देखिएको समसामयिक विषयमा नागरिक समाजको सहकार्यलार्ई सशक्त बनाउनु पर्ने बागमती प्रदेश सभाका सांसद राजकाजी महर्जनले बताउनु भयो । ‘सुशासन र अधिकारका कुरालाई पारदर्शी र व्यवस्थित रुपमा सञ्चालन गर्न पत्रकार, नागरिक समाज र सरकारी निकायबीच सहकार्य खाँचो छ’ उहाँँले भन्नुभयो ।IMG_3154

सक्नेलाई आँट्ने, नसक्नेलाई ढाँट्ने परिपाटी हावी भएकोले जग्गा प्लटिङ र नदी दोहनका कुरा उठेको भन्दै राज्यले निर्देशक सिद्धान्त र कानुनी राज्यको मान्यतालाई स्थापित गर्नु पर्ने उहाँले बताउनु भयो । सांसद महर्जनले भौतिक विकासका लागि दीगो सोच राखेर मोटर बाटो निर्माण गर्दा ढल निकास, खानेपानी व्यवस्थापनपछि मात्र कालेपत्रे गर्ने तर्फ अघि बढाएको उल्लेख गर्दै सकरात्मक सामाजिक रुपान्तरणका लागि इन्सेकमार्फत बहस र नागरिक समाजसँग सहकार्यको विकास गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ललितपुर बार एशोसिएसनका अध्यक्ष अर्जुन महर्जनले संघीय लोकतान्त्रिक नेपालमा तीन तहका सरकारबीचमा कामकार्वाहीको तैरतरिकामा अन्तर द्वन्द्व रहेको उल्लेख गर्दै दिगो विकासका लागि समुदायलाई उत्पादनशील कार्यसँग जोड्नु पर्ने खाँचो औँल्याउनु भयो । उहाँले विकासका लागि नेपाली भूगोल, आर्थिक, सामाजिक, साँस्कृतिक अवस्था अनुसारको विकास लक्ष्य तय गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी गोपाल सञ्जेलले स्रोतको विकासका लागि व्यवस्थापन, विधि विधान र पहल गर्ने काम सरकारका प्रतिनिधिले गर्नु पर्ने उल्लेख गर्दै नागरिकहरु विकासका वाहक, हकदार र नेतृत्वकर्ता भएको कुरा बुझ्न नसक्दा विकासमा बाधा भएको बताउनु भयो । उहाँले विकासका लागि जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह र वडाका प्राथमिकता निर्धारण गरेर अघि बढ्नु पर्ने बताउनु भयो । संयुक्त राष्ट्र सङ्घले सन् ०३० सम्मका लागि तय गरेको दिगो विकास लक्ष्यमा पुग्ने गरी काम गर्न सबैको साझा पहको खाँचो रहेको उहाँले बताउनु भयो । नेपाली  काङ्ग्रेस ललितपुरका नेता रविन्स शर्माले पार्टी वा कुनै विचार समूहबाट प्रभावित नभई वेथितिको बारेमा नागरिक अगुवा र पत्रकारले निर्भिकताका साथ आफ्ना धारणा राख्नुपर्ने बताउनु भयो । ‘हाम्रा आवाज पनि सम्बन्धित निकायले सुनेका छैनन्, तर आवाज उठाउन नछाडौ,’ शर्माले भन्नुभयो ।

‘विकासको पुर्वाधार निर्माणमा अघि जान नसकेको बताउँदै उहाँले स्थानीय तहले नागरिकको अपेक्षा अनुसार प्रगति उन्नती हासिल गर्न नसकेको बताउनु भयो । उहाँले राज्य संरचनामा परिवर्तन आएपनि नागरिक अगुवा स्थानीय तहमा पुग्न नसकेको बताउनु भयो । ‘नागरिक समाज भनेको स्थानीय तहको वाचडग हो, हामी सदरमुकाम केन्द्रित हुदाँपनि स्थानीय तहका विकृति बाहिर आउँन सकेनन्’ शर्माले भन्नुभयो ।

यस्तै गैरसरकारी संस्था महासंघ ललितपुरका अध्यक्ष टिकाराम दाहालले स्थानीय क्षेत्रको विकासका लागि प्राथमिकीकरण गरी योजनाबद्ध विकासमा नागरिक समाज र पत्रकारबीचको सहकार्यमा जोड दिनुभयो । उहाँँले सरकारले गैरसरकारी संस्थाका बारेमा ल्याउन लागेको विधेयक प्रति असन्तुष्टि जनाउनु भयो ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले सञ्चार माध्यम बलियो भए नागरिकका आवाज बुलन्द बन्ने उल्लेख गर्दै आस्था र विचारलाई थाति राखेर नागरिक समाजको भूमिका बलियो बनाउनु पर्नेमा विचार राख्नुभयो ।

अधिकारकर्मी बद्रिप्रसाद सिवाकोटीले विकास निर्माणका नाममा डोजर संस्कृति मौलाएकोमा चिन्ता व्यक्त गर्दै नागरिकको आवाजलाई मुखरित बनाउन सञ्चार जगतले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । यस्तै अधिकारकर्मी रोशनी कर्माचार्यले भौतिक पुर्वाधारको विकासमा लापरवाही भएको बताउँदै जताततै वेथिति बढेको र जनप्रतिनिधिको चासो भौतिक विकासमा केन्द्रीत भएकोले मानवीय विकास नभएको गुनासो गर्नुभयो ।

नेपाल युवा परिषद्का बागमती प्रदेश सदस्य समुन्द्र के।सी।ले विकास निर्माणमा चासो बढाउन खबरदारीको जरुरत रहेको बताउनु भयो । ललितपुर दुग्ध व्यवसायी समितिका सचिव रमेश सञ्जेलले संयुक्त राष्ट्र सङ्घले तय गरेको दिगो विकास लक्ष्यमा भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा, पोषण स्तरमा सुधार र दिगो कृषि विकासलाई जोड दिइएको उल्लेख गर्नुभयो ।

इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमले राजनीतिक पार्टी, सरकार र सङ्घ संस्थाहरुलाई सहि बाटोमा मार्गदर्शन गर्न नागरिक समाजको भूमिका रहने उल्लेख गर्दै सरकारले आवधिक नीति र योजना बनाउँदा नागरिक सहभागिता गराएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँँले नागरिक समाजको भूमिकाले सभ्य समाज निर्माण हुने अन्तर्राष्ट्रिय मान्यता रहेको स्मरण गर्दै भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, साँंस्कृतिक विकासका लागि उत्पादन र रोजगारी समेत जोडिने वातावरण हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले नागरिक समाज र सञ्चार जगतबीच सहकार्यका अवसर र चुनौतीलाई समुदायमा सचेतना जगाउनु पर्नेमा जोड दिनुभयो । इन्सेक ललितपुरले पारस्परिक जवाफदेहिता परियोजना  अन्नतरगत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच अन्तरक्रिया गरी समाजमा सकरात्मक रुपान्तरणका लागि पहल गर्दै आएको कार्यक्रम संयोजक भण्डारीले बताउनु भयो ।

दीपकप्रसाद घिमिरे