विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया

  ०७४ पुस ११ गते

विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम पुस ११ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न गरिएको छ ।

युएसएआइडीको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एफएचआई ३६० को साझेदारीमा सञ्चालित पारस्पारिक जबाफदेहिता परियोजनाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

Photo20171226Ramechhap2

कार्यक्रममा अधिवक्ता बाबुकाजी दाहालले दिगो विकासका लागि स्थानीय तहका जनप्रतिनिधिहरू गम्भीर हुनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले सदरमुकाम मन्थलीको देवकोटा चोकबाट मालपोत कार्यालय हुँदै बसपार्क निस्कने सडकमा अलकत्रा बिच्छ्याइएको एक हप्ता बितिसक्दा पनि काम हुन नसकेको बताए । यसका लागि पत्रकार र नागरिक समाजको खबरदारी आवश्यक रहेको उनको भनाई छ । उनले जिल्लाका धेरै स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुँदा पनि स्थानीय तहलगायत सरोकारवाला निकायले प्रभावकारी काम गर्न नसकेको बताउँदै पत्रकार र नागरिक समाजको सामूहिक खबरदारी जरूरी रहेको बताए ।

सुशासनकर्मी उमङ्ग मैनालीले स्थानीय तहले विकासका नाममा बवै क्षेत्रको बजेट सडकमा खर्च गरिरहेको बताए । कात्तिक मसान्तसम्म स्थानीय तहमा बनेका योजनाहरूको पहिलो चौमासिकको भुक्तानी हुनुपर्ने भएपनि अहिलेसम्म उपभोक्ता समिति नै बनाउन नसकेको उनले बताए ।

नवराज पथिक