विकासका लागि नागरिक समाज र पत्रकारबिचको सहयकार्य विषयक अन्तरक्रिया सम्पन्न

  ०७६ जेठ ३१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०७६ जेठ ३१ गते मन्थलीमा आयोजना गरेको  विकासका लागि नागरिक सामाज र सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

युएसएडको आर्थिक सहयोग तथा एफअएचआई ३६० र इन्सेकको सहजिकरणमा सञ्चालित नागरिक समाजः पारस्पारिक जबाफदेहीता अभिवृद्धि परियोनाको आयोजनामा भएको सो कार्यक्रम मानव अधिकार संरक्षण सञ्जाल रामेछापको समन्वयमा भएको हो ।

कार्यक्रममा नागरिकका सवालमा काम गर्नका लागि मानव अधिकार संरक्षण सञ्जालले नागरिक स्तरको अवलोकन भ्रमण र निगरानी बढाउनुपर्ने कार्यक्रममा सहभागिहरूले सुझाव दिए ।

कार्यक्रममा नेपाल बार एसोसिएशन रामेछापका अध्यक्ष बिचारसिंह तामाङ, गैर सरकारी संस्था महासङ्घ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेल, नेपाल पत्रकार महासङ्घ रामेछापका सचिव नवराज श्रेष्ठलगायतले मुलुक नयाँ संरचनामा गएर नयाँ ढङ्गले अगाडि बढ्दा पनि विकासका असारे काम जस्ताको तस्तै रहेको आरोप लगाए । उनीहरूले यसको लागि नागरिक समाज र पत्रकार सामूहिक रूपले लाग्नु पर्ने बताएका थिए ।

News20190615ramechhap (1)

News20190615ramechhap (2)

News20190615ramechhap (3)
नवराज पथिक