वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  ०७३ मङ्सिर २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जाजरकोटको आयोजनामा मानव अधिकार वर्षपुस्तक-२०१७ को पूर्व समीक्षा कार्यक्रम सदरमुकाम खलङ्गामा मङ्सिर २५ गते सम्पन्न गरिएको छ ।

photo20161210jajarkot

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिकलाई सचेतना गराउनु पर्नेमा जोड दिँदै जिल्ला जिल्लामा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई इन्सेकले सङ्कलन गरी प्रत्येक वर्षपुस्तकका रूपमा प्रकाशन गर्ने गरेको भन्दै इन्सेक मानव अधिकारको क्षेत्रमा नेपालमै अग्रणी संस्थाको रूपमा काम गरेको बताए ।

कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले विगत एक वर्षको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूबारे छलफल चलाएका थिए ।

दिनेशकुमार श्रेष्ठ