वर्षायाममा लाग्ने सबै रोगको औषधि उपलब्ध गराउने प्रतिबद्धता
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शम्भु ज्ञावलीले वर्षायाममा लाग्ने सबैप्रकारका रोगका औषधिहरू गुर्भाकोट नगरपालिकासहित निल्लाका सबै गाउँ तथा नगरपालिकाहरूमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
इन्सेकद्वारा गठित गुर्भाकोट नपा ४, ५ र ९ वडा स्तरीय मानव अधिकार निगरानी समूहले असार ४ गते बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै जनस्वास्थ्य प्रमुख ज्ञावलीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रमुख ज्ञावलीले परिवर्तित संरचना अनुरूप स्थानीय तहबाट समाधान गरिने समस्याहरूको हकमा स्थानीय तहबाटै र जिल्ला जनस्वास्थ्यद्वारा समाधान गर्न सकिने समस्याहरूको हकमा समाधान गर्न आफू लागिपर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
आगामी आर्थिक वर्षमा समावेश गरी स्टेचर उपलब्ध गाराउने, महिलाको पाठेघर खस्ने समस्यालाई समाधानका लागि शिविर सञ्चालन गर्ने तथा राज्यद्वारा निशुल्क घोषणा गरिएका क्यान्सर, मृगौला र मुटुरोगको अपे्रशनलगायतका रोगहरूको निशुल्क उपचारको सिफारिसको लागि सहज प्रक्रियामा कमी नहुने प्रमुख ज्ञावलीको भनाइ थियो ।
गुर्भाकोट नपा ४ का वडाध्यक्ष प्रसन्न शाह, ५ का वडाध्यक्ष लालबहादुर पुन, ९ का वडाध्यक्ष शशि भट्टराई, सदस्य नन्दलाल घर्ती, स्वास्थ्यचौकी साहारेका प्रमुख किरण वली, माओवादी केन्द्रका मानबहादुर विटालु तथा मानव अधिकार निगरानी समूहका अध्यक्ष मोतिलाल बिक र सदस्य भीमकुमारी घर्ती सम्मिलित टोलीले बुझाएको ज्ञापनपत्रमा वर्षायाममा लाग्ने सबै प्रकारका रोगको औषधि तथा राज्यले निशुल्क घोषणा गरेको औषधिहरू समयमै उपलब्ध गराउनुपर्ने लगायतका १० बुँदे माग रहेका छन् ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा माघ १२ गते कोशी गाउँपालिकामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित मानव अधिकार समूहको सहकार्य तथा कोशी गाउँपालिकाको…
सहज स्वास्थ्य पहुँचको लागि विनयीत्रिवेणी गाउँपालिका प्रतिवद्ध छ ։ अध्यक्ष जिसी
विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा भएको स्वास्थ्यको…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…