वडाअध्यक्षहरुसँग स्थानीयले पोखे गुनासो

  ०७५ चैत ८ गते

अन्नपूर्ण गाउँपालिका कृषि शाखाले वितरण गरेको २ सय ५० टनेलमध्ये अनुगमनका क्रममा १ सय ओटा मात्रै भेटिएपछि वास्तविक कृषकहरुले गुनासो पोखेका छन् ।

सिम्पानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर सुवेदीले एकद्वारप्रणाली लागु पर्नेे भन्दै एउटा श्रोतबाट पानी खाएकोमा अर्को श्रोतबाट पानी खान नपाउने नियम बनाउन माग गरेका छन् ।

गाँउपालिकाको नितिमा रहेको एक घर एक धारा भन्ने नारा अगाडि सारेको छ । तर पनि एकद्वारप्रणाली लागु हुनुपर्दछ । स्रोतको संरक्षणका लागि भएपनि यो आवश्यक छ । उनले भने ।

कार्यक्रममा वडा नं. १ का भरतजंग कँुवरले मानव अधिकार निगरानी समूहलाई पनि वडा स्तरमा विस्तार गर्नु पर्ने आवश्यकता रहेको जानकारी गराउँदै ०७५ चैत १४ गतेको दिनमा वडा नं. १, २ र ३ मा मानव अधिकार निगरानी समूह गठन गरी इन्सेकलाई जानकारी गराउने जानकारी गराउने अनुरोध गर्नु भयो ।

वडा नं. २ का वडा अध्यक्ष चुडामणी अधिकारीले वडा स्तरमा मानव अधिकार निगरानी समूह गठन गर्ने र त्यसमा इन्सेकले समेत सहयोग गर्नु पर्ने जानकारी गराउनु भयो ।

वडा नं. ३ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ्गले वडा अध्यक्षयहरुको प्रतिनिधित्व गर्दै मानव अधिकार निगरानी समूह गठन गर्दा पनि नयाँ र पुरानो तथा अन्य सामुदायिक व्यक्तिहरुलाई पनि राखेर ९ देखि ११ जना सम्मको समति गठन गरेर लैजाने र यसलाई उपलव्धिमूलक बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

यसै बिचमा मानव अधिकार निगरानी समूहका संयोजक चर्तुमान विश्वकर्माले माग दावी प्रस्तुत गरेका छन् ।

जसमा वडास्तरीय मानव अधिकार निगरानी समूह गठन गर्न पहल गर्ने, पानीमा देखिएको कोलिफर्मको जाँच गर्नुपर्ने, कृषिबाट दिइएको टनेलको अवस्थाको बारेमा जानकारी गराउनुपर्ने, विद्यालय भर्नाको अभियानमा मानव अधिकार निगरानी समूहलगायत टोलवासी, आमा समूह, वुद्धिजीवी सहित सबैसँग समन्वय र सहकार्य गरेर लैजाने आदी मागहरु सहित वडा अध्यक्षहरुलाई बुझाइएको थियो ।
सुशन घिमिरे