लैङ्गिक हिंसा न्यूनिकरणका लागि निरन्तर अभियान चलाउनु पर्नेमा जोड
लैङ्गिक हिंसा न्यूनिकरणका लागि निरन्तर अभियानको चलाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
इन्सेक कपिलवस्तु , मानव अधिकार एलाइन्स , महिला अधिकार मञ्च ,सिद्धार्थ सामाजिक विकास केन्द्र, नेपाल प्रहरी लगायत सङ्घ संस्थाको आयोजना तथा सामाजिक विकास मन्त्रालय, डिभिजन कार्यालय, कपिलवस्तुको सहयोग मङ्सिर १६ गते लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले उक्त कुरामा जो दिएका हुन् ।
कार्यक्रममा वाणगङ्गा नगरपालिकाका मेयर मंगलप्रसाद थारूले नगरपालिकाले महिला शसक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनु भयो । हिंसा न्यूनिकरणका लागि महिलाहरूलाई सिपमुलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउदै आएको बताउनु भयो ।
सामाजिक विकास मन्त्रालय, डिभिजन कार्यालय कपिलवस्तुका अधिकृत पुण्यप्रसाद न्यौपानेले महिलाहरू आत्मनिर्भर भए हिंसा कम हुने बताउनु भयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि निरन्तर समुदायमा सचेतीकरण गरीरहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष पार्वती पाण्डेले जिल्लामा महिलाको अवस्थाको बारेमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…