लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा जातीय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा गैरसरकारी महासङ्घ लमजुङका अध्यक्ष प्रेमबहादुर भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले नेपालको तंथ्याङ्क अनुसार लैङ्गिक हिंसामा ८० प्रतिशत महिला पीडित भएको जानकारीँ गराउनुभयो ।
उहाँले लैङ्गिक हिंसा न्यूनीकरणको लागि स्थानीय सरकार प्रभावकारी ढङ्गबाट लाग्नुपर्ने सुझाव दिनुभयो ।
सचेतना मुलक अन्तरक्रिया कार्यक्रम, विचार, गोष्ठी र बैठक जस्ता कार्यक्रमहरुले लैङ्गिक हिंसा न्यूनीकरणमा थप टेवा पुग्ने उहाँको भनाइ थियो ।
छुवाछुत र भेदभावको अन्त आफैबाट गरे समाजमा परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गर्दै यस्ता कुराले समाजमा नकारात्मकता फैलाउने उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरीकार्यलयका इन्स्पेक्टर गंगाबहादुर थापाले लैङ्गिक हिंसा हुन नदिन प्रहरी प्रशासन सधैं चनाखो रहने बताउनुभयो ।
उहाँले लैङ्गिक हिंसामापनि महिला हिंसाका सवालमा प्रहरी प्रशासन बढी सम्वेदनशिल रहेको भनाइ राख्नुभयो ।
कोभिड–१९ को अवधिमा ९० प्रतिशत घटनाहरुमा महिला पीडित भएको र त्यस मध्ये ६० प्रतिशत दलित महिला पीडित रहेको जिल्लाको तथ्याङ्कले जनाएको छ ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले कोभिड १९ ले महिलालाई हिंसामा परेको जनाएका छन् ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, प्रहरी प्रशासन, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
गैरसरकारी महासङ्घ लमजुङका अध्यक्ष भट्टराईले प्रस्तुत गरेको कार्यपत्रमाथि नेपाल पत्रकार महासङ्घका निर्वतमान केन्द्रिय सदस्य किसान संगीत नेपालीले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रम महिला अधिकारकर्मी तथा सञ्चारकर्मी कमला केसीको अध्यक्षमा सम्पन्न भएको थियो ।
दलबहादुर मजाकोटी
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…