लेकवेशी नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गर्ने नगरप्रमुखद्धारा प्रतिबद्धता
लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले लेकवेशी नपाका जनताको स्वास्थ्य सेवामा सहजताका लागि नगरपालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतद्धारा फागुन २२ गते लेकवेशी नपामा आयोजित “स्वास्थ्यको अधिकार र सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया” कार्यक्रममा बोल्दै प्रमुख सुनारले यस्तो प्रतिबद्धता जनाउनु भएको होे । नगर प्रमुख सुनारले जनताकोे स्वास्थ्यको अधिकारप्रति नगरपालिका संवेदनशील भएको चर्चा गर्दै सर्पदंश, रेविज तथा अन्य रोगका औषधिहरू उपलब्ध गराउन प्रतिबद्ध भई लाग्ने उल्लेख गर्नुभयो ।
हाल विश्वभर फैलिएको कोरोना भाईरसबाट बच्नका लागि नगरवासीलाई आवश्यक सूचना प्रवाह गर्ने उल्लेख गर्दै सेनेटरी प्याड आवश्यकतानुसार उपलब्ध गराउने, सुत्केरी बेड बढाउने र नगरपालिकाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नदिने लेकवेसीका मेयर सुनारले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लेकवेशी नपास्थित मानव अधिकार समूहका अध्यक्ष निरु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख रमेश गिरी, स्थानीय साझा मञ्चका अध्यक्ष पृथ्वीबहादुर विसी, स्वयमसेविकाद्धय बिन्दु रुचाल, रुपकली नेपाली, समाजसेवी खडकबहादुर घर्ती र नागरिक समाजका गोविन्द ओली लगायतले बोलेका थिए । कार्यक्रममा मानव अधिकार समूहका सदस्य, नागरिक संस्थाका प्रतिनिधि, स्वयमसेविका र जनप्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…