लकडाउनका कारण शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमा परेको प्रभावका विषयमा छलफल

  ०७७ जेठ २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले धनपालथान गाउँपालिकामा लकडाउनका कारण शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमा परेको प्रभावका विषयमा जेठ २१ गते छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जनप्रतिनिधिहरूले गाउँपालिकाले सम्पूर्ण ध्यान कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित गर्दा शिक्षाको अधिकार सङ्कुचित भएको बताएका छन् ।

धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष नारायण शाहले स्थानीय सरकारले शिक्षा र आवासको अधिकार रक्षाका लागि लकडाउन अवधिभर समय दिन नसक्ने बताउनुभयो ।

धनपालथान गाउँपालिका–४ का वडाध्यक्ष रोशन राजवंशीले प्रदेश सरकारबाट आवश्यक आरडीटी किट उपलब्ध हुन नसक्दा क्वारेन्टाइनमा रहेकाहरूको परीक्षण गर्न नपाउँदा स्वास्थयग अधिकार रक्षाका लागि समस्या भएको बताउनुभयो ।

वडा –६ का वडाध्यक्ष मोहम्वत हुसेनले कोरोनाको प्रभावका कारण गाउँपालिकाकाले नियमित कार्यक्रम सञ्चालन गर्न नसक्दा नागरिक अन्य अधिकारबाट वञ्चित हुनु परेको गुनासो गर्नुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले सबै वडामा क्वारेन्टाइन तयार गरिएको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख सेठले छलफलका क्रममा धनपालमा खोपसेवा नियमित रहेको बताउनुभयो ।

शिक्षा शाखा प्रमुख सीता भट्टराईले कोरोना भाइरसका कारण विद्यालय सञ्चालन चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई घरघरमा पुगेर पाठ्यपुस्तक वितरण गर्ने योजना रहेको बताउनुभयो ।

कृषि शाखा प्रमुख ओमप्रकाश सिंहले लकडाउनका कारण कृषिका नियमित कार्यक्रमहरू प्रभावित बन्न पुगेको बताउनुभयो । उहाँले किसानका लागि मल, विउ उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले लकडाउनले गर्दा सबै किसान समक्ष कृषि सुविधा पुग्न नसकेको बताउनुभयो ।

इन्सेक प्रदेश १ कार्यक्रम अधिकृत बाग्मता कट्टेलले निरन्तरको लकडाउनका शिक्षा, स्वास्थ्य र खाद्य  अधिकारमा परेको प्रभावका बारेमा जनप्रतिनिधि, शाखा प्रमुखहरूसँग छलफल गरिएको बताउनुभयो । कार्यक्रम मानवअधिकार निगरानी समितिका धनपालका अध्यक्ष कृष्ण राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

photo 20200603 Morang

नेत्रप्रसाद अधिकारी