रामेछापको मानव अधिकारको वार्षिक अवस्थाको समीक्षा
मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछापको आयोजनामा रामेछाप जिल्लाको मानव अधिकारको वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भयो ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि तयार पारेको घटनाहरू सार्वजनिक गरिएको थियो । इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले सन् २०१६ को यो अवधिसम्म मानव अधिकार वर्षपुस्तकको लागि २६ वटा घटना सङ्कलन गरिएको जानकारी दिए ।
ती मध्ये सबैभन्दा धेरै २१ ओटा महिला अधिकार उल्लङ्घनका घटनाहरू सङ्कलन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । यस वर्ष राज्यको तर्फबाट एउटा घटना भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । यी बाहेक अन्य घटनाहरू गैरराज्य तर्फबाट भएको तथ्याङ्कमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले मानव अधिकारको संरक्षणमा प्रहरी सधैँ प्रतिवद्ध रहेको बताए । उनले इन्सेकको वर्षपुस्तकमा अपराधका घटनालाई हटाई विशुद्ध मानव अधिकार उल्लङ्घनका घटना मात्र समेट्दा अझ प्रभावकारी हुने सुझाव दिए ।
अधिवक्ता विचारसिँह तामाङले बालविवाहका घटनाहरू अझै पनि नरोकिएकोले त्यसलाई रोक्न र घटना हुन लागेको थाहा पाउने बितिक्कै मानव अधिकारकर्मीहरूले संयुक्त अनुगनमन गर्नुपर्ने बताए ।
वहुसांस्कृतिक मनोसामाजिक संस्था टिपिओ नेपालका मनोविमर्शकर्ता पूर्ण क्षेत्रीले पछिल्लो समय आत्माहत्याका घटनाहरू बढ्दै आएको बताए । उनले झट्ट हेर्दा यस्ता घटनाहरू मानव अधिकार उल्लङ्घनसँग नजोडिए पनि कुनै न कुनै रूपमा ती घटनाहरू मानव अधिकारको विषयसँग जोडिने बताए । मानिसहरू आत्माहत्याको अवस्थामा पुग्नु अघि नै मनोविमर्श सेवा दिन सके यस्ता घटना रोकिने उनले बताए ।
कार्यक्रमका सहभागीले इन्सेकले सङ्कलन गरेको तथ्याङ्कमा सबै घटनाहरू समेटिएको बताएका थिए । उनीहरूले वर्षपुस्तकलाई अझ परिष्कृत र समयानुकुल परिमार्जित गर्दै लैजान पर्नेमा जोड दिएका थिए ।
नवराज पथिक
सम्बन्धित इन्सेक गतिविधिहरू
सेवाग्राहीद्वारा स्थानीय तहको सेवा प्रभावकारी बनाउन माग
स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी प्रवाधान र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सेवाग्राहीले स्थानीय तहको सेवा प्रभावकारी बनाउन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र…
मानव अधिकार समूहको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग, मानव अधिकार समूहको समन्वय र कोशी गाउँपालिकाको संयोजनमा कोशी गाउँपालिकामा चैत ३० गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारको लागि भौतिक पक्ष भन्दा शैक्षिक पक्षलाई जोड दिन आवश्यक रहको कावासोतीमा आयोजित शिक्षाको अधिकारसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागीहरूले बताएका छन् । विद्यालयमा भौतिक संरचना राम्रो भएकै…
सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिवालय गाउँपालिकामा चैत २५ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष लगायत अन्य…
शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ स्थित ब्रम्हारूपा माध्यमिक बिद्यालयमा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगर…